logo

अवैध सुन भित्राउन विमानस्थलकै कर्मचारी संलग्न

    1130   पटक पढिएको

१६ फागुन/अर्थ र व्यापार– विभिन्न मुलुकबाट अवैधरूपमा ल्याएको सुन भित्राउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारीको संलग्नता रहेको सत्य खुलेको छ । अनुसन्धानको क्रममा विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन ल्याउनेहरुलाई सहयोग गरेको खुलेपछि अहिले गुरागाइँ सहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक केजी १६५ ग्राम तौलको १० थान सुनको सिक्री सो विमानस्थलबाट काठमाडौ भित्राउन गुरागाईँले विमानस्थलको शौचालय प्रयोग गरि सहयोग गरेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईँले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि अहिले गुरागाइँलाई पनि पक्राउ गरिएको हो ।
सुन ल्याउने काममा संलग्न घिमिरे फ्लाई दुबईको विमानद्वारा दुबईबाट शुक्रबार नेपाल आएका थिए । उनीमाथि भन्सार चेकजाँच गर्दा सो सिक्री लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको र थप अनुसन्धानको क्रममा गुरागाईँको संलग्नता देखेपछि अहिले गुरागाइँलाई पनि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ । जफत गरिएको सुनसहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाईएको विमानस्थल प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।