logo

पार्टीको निर्वाचनमा उम्मेदवार उठ्नेलाई कारवाही गर्छौ : नेपाल पत्रकार महासंघ 

    1220   पटक पढिएको

५मंसिर /अर्थ र व्यापार – नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन ।

उनले हाल आफ्नो पत्रकारीताको व्यवसायीक काम भन्दा राजनीतिक दलका विभिन्न समितिमा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यसमेत उम्मेदवार बन्नु महासंघको विधान विपरीत रहेको भन्दै यस्तो चेतावनी सहित ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समय महासंघमा आवद्ध पत्रकारहरु विभिन्न दलको उम्मेदवार बनेको विषयमा प्राप्त आलोचना र टिकाटिप्पणी प्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै विधान उल्लघंन भएमा कारवाही हुनेतर्फ सचेत गराएको महासंघले जनाएको छ ।
‘राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्नसक्ने तर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’ पत्रकार महासंघद्धारा जारि विज्ञप्तीमा भनिएको छ ।
राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्र पर्ने महासंघले स्मरण गराएको छ । यसैगरि, महासंघले केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा उच्च नैतिकता प्रस्तुत गर्न आग्रह समेत गरेको छ ।
यसैगरि, सो विज्ञप्तीमा महासंघको विधान, कार्ययोजना र पत्रकार आचारसंहिता विपरीत काम गर्नेलाई कारवाही गर्न महासंघ प्रतिवद्ध रहेको समेत उल्लेख गरिएको महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।