logo

जलवायु परिवर्तनको असरबारे अध्यायन गर्न रारामा तीन देशका राजदूत 

    1011   पटक पढिएको

१ मंसिर / अर्थ र व्यापार – मुग स्थित नेपालकै सबैभन्दा ठूलो रारा तालमा तीन देशका राजदूत पुगेका छन् । समयको विकाससँगै बढ्दै गएको जलवायु परिवर्तनको अवस्था यसले पारेको असर र न्युनिकरणका लागि भएका प्रयासका बारेमा अध्यायन अनुसन्धान गर्न तीन देशका राजदूत रारा पुगेका हुन् ।
जलवायु परिवर्तनको अवस्था असर तथा यसको न्युनिकरणमा भएका प्रयासको अवस्थाबारे बुझ्न अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिग सोमबार रारा पुगेको रारा राष्ट्रिय निकुन्ज स्रोतले जानकारी दिएको छ ।
समयको विकाससँगै विश्वभर जलवायु परिवर्तन ठूलो असर गरिरहेको र रोकथाममा पनि खास्सै पहल कदमी नभएकोले नीतिगत र स्थानीयस्तरबाट जलवायु परिवर्तन कसरी न्युननिकरण गर्न सकिन्छ भन्ने बारेमा राजदूतहरुले अध्यायन, खोज अनुसन्धान गर्ने मुगुका प्रमुख जिल्ला अधिकारी रोम महतले बताए ।
उनका अनुसार जलवायु परिवर्तनले पारेको असर तथा यसको न्युनिकरणका लागि गरिएका प्रयास, भावी रणनीतिका बारेमा राजदूतहरुले मुगुका सरोकारवाला निकाय र समुदायमसँग अन्तरक्रिया छलफल गर्ने छन् ।
तीनै जना राजदूतहरुले रारामा तीन दिनसम्म जलवायु परिवर्तनको असरबारे बुझ्ने छन् । युएस आइडीको समन्वयमा रारा पुगेका तीन देशका राजदूतहरुले राराको अवलोकनसँगै मुर्माटप, मुर्मा गाउँ, खत्याडको पनि भ्रमण र त्यहाँका स्थानीयसँग जलवायु परिवर्तनको अवस्था बुझ्ने छन् ।
जलवायु परिवर्तनको न्युनिकरणका लागि युएसए आइडीको सहयोगमा जिल्लाको कार्मारोङ गाउँपालिका बाहेक तीन स्थानीय तहमा पानी, भकारी र कर्णाली जल परियोजना लागू भएका छन् । बेलायती सरकारको आर्थिक सहयोगमा (डिफिड) ले सञ्चालन गरेको जलवायु अनुकूल कार्यक्रम (लापा) मुगुम कार्मारोङ गाउँपालिकामा सञ्चालनमा आएका छन् ।
राजदूतहरुले सरकारी तथा गैरसकारी निकायबाट जलवायु अनुकलनका लागि भएका प्रयासबारे पनि सरोकारवालासँग समिक्षा गर्ने भएका छन् । जलवायु परिवर्तनले कर्णालीको कृषि क्षेत्रमा ठूलो असर गरेको अनुकुलनका बारेमा ठोस नीतिगत व्यवस्था गर्नुपर्ने कर्णालीबासीको माग छ ।
भिजिट कर्णाली टुर एण्ड ट्राभल्समार्फत तारा एयरबाट ताल्चा विमानस्थालमा पुगेका राजदूतको तीन दिनसम्म खाने बस्ने व्यवस्थापन रारा राष्ट्रिय निकुञ्ज कार्यालयको सहयोगमा रारा ट्राभलर होम तथा भिजिट हेरिटेज एण्ड रिर्सोटले गरेको छ । एकै पटक तीन विदेशी राजदूत रारा तालमा पुगेपछि राराको पर्यटन प्रर्वद्धनमा टेवा पुगेको मुगुका पर्यटन व्यवसायी राजु कार्कीले बताए ।
उनका अनुसार कोभिडपछि रारामा विदेशी पर्यटक घट्दै गएका थिए । तर राजदूतहरुको भ्रमणपछि अन्य देशका विदेशी तथा स्वदेशी पर्यटकहरुको आगमन बढ्ने समेत अपेक्षा गरिएको छ ।
सन् २०११ मा ६ देशका राजदूत रारा भ्रमणमा आएका थिए । त्यसपछि यो पटक अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत रारा भ्रमणमा आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।