logo

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा ललितपुरमा साझा बस तोडफोड, बन्द गराउन खोज्ने केही कार्यकर्ता पक्राउ

    1134   पटक पढिएको

३० कात्तिक / अर्थ र व्यापार – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।
मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गरि बन्द गराउन खोज्ने केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट २१ जना र ललितपुरबाट एक जना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 
पछिल्लोपटक सरकारले बढाएको पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास लगायतको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि सवारी साधानमा चढ्नुपर्ने यात्रुहरुले सास्ती पाएका छन् ।
सो बन्दका कारण काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले बिहानैदेखि आ आफ्नो गन्तव्यमा जान चाहनेहरुले निकै सास्ती खेप्नुपरेको छ ।  
विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजु लगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् । 
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाईकलहरू भने निर्वाद रुपमा चलिरहेका छन् । तर, ती पनि अघिल्ला दिनको तुलनामा निकै कम चलेका छन् । बन्दको दिन हुन सक्ने संभावित घटनाक्रमलाई लिएर काठमाडौं उपत्यकाका चोक चोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।