logo

मुग्लिङ–पोखरा सडक विस्तार गरी चार लेन बनाइदै, रुख कटान र टहरा हटाउने काम सुरु

    1285   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – पृथ्वी राजमार्गअन्गर्तत ८८ किलोमिटर लामो मुग्लिङ–पोखरा सडक खण्ड विस्तार सुरु भएसँगै पहिलो चरणमा सडक क्षेत्रभित्र पर्ने रूख काट्ने र संरचना हटाउने काम सुरु भएको छ । 
सडक विभागअन्तर्गको सडक विस्तार आयोजनाले आँबुखैरेनी र बन्दीपुरका झण्डै दुई सय रूख काटेको छ । सडक विस्तारका राइट अफ वेमा पर्ने एक हजार एक सय मिटरसम्मका रुख तथा संरचना हटाउने क्रममा ती रुख काटिएको हो ।  सो सडक विस्तारका लागि चिनियाँ कम्पनीहरुलाई ठेक्का अवार्ड गर्ने काम यसअघि नै भइसकेको छ । 
आयोजनासम्वद्ध इन्जिनियर पुष्कर रेग्मीका तिहार अघिदेखि नै सुरु भएको रुख काट्ने काम तिहारपछि पनि जारी रहेको र काटिएका रुप वन कार्यालयलाई बुझाइने छ । मुग्लिङ–पोखरा खण्डलाई विस्तार गरी दुई लेनबाट चार लेन बनाउने क्रममा सडक क्षेत्रका रुख काट्ने र संरचना हटाउने काम सुरु भएको हो । यस क्रममा सो खण्डमा छ हजार ७५० रूख काटिने छ भने सयभन्दा बढि घरटहरामा असर पर्ने जनाइएको छ । 
सडक क्षेत्रमा सिसौ, खयर, सिसौ, कटुस, चिलाउने, कपुर, सिफलका रूख काटिने छन् । सडक विस्तारका लागि मुग्लिङ–पोखरा खण्डमध्ये आँबुखैरेनी–जामुने ४१ किमि पूर्वी खण्ड र जामुने–पोखरा ३९ किमि पश्चिम खण्ड बनाइएको छ भने मुग्लिङ–देखि आँबुखैरेनीसम्म अर्को खण्ड बनाउन लागिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।