logo

वेमौसमी वर्षा र बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

    923   पटक पढिएको


४ कात्तिक /अर्थ र व्यापार – वेमौसमी वर्षा, बाढीपहिरो र डुबानबाट बिहीबार विहानसम्ममा मुलुकका विभिन्न जिल्लामा गरि ८८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सो जानकारी गराएको हो । 
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार अझै ३० जना बेपत्ता भएका छन् । अधिकांशको लगातारको वर्षासँगै गएको पहिरोका कारण अहिलेसम्म यतिधेरैजनाको ज्यान गएको हो । 
बिहीबार मात्रै ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो । ठुलो वर्षापछिको विपतमा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु भएको छ ।
यसैगरि, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुर लगायत १५ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिईन । मन्त्रालयका अनुसार कात्तिक महिनामा भएको बेमौसमी वर्षाबाट उत्पन्न विपद्बाट २० जिल्ला प्रभावित भएको छ । हालसम्म बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारजना सहित विभिन्न जिल्लामा गरेर ३० जना बेपत्ता भईरहेको गृहमन्त्रालयले जनाएको छ । बिहीबार विहानबाट भने विग्रिएको मौसममा क्रमशः सुधार आएको छ । वर्षा कम भएपनि पहिरोको जोखिम भने कायमै रहेको मन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।