logo

विज्ञापन र व्यापारको हटस्पट बन्दै टिकटक, लाइभबाट यसरी कमाईन्छ पैसा

    991   पटक पढिएको

२१ असोज / अर्थ र व्यापार – सन् २०१६ को अन्त्यतिर आधिकारिक रुपमा टिकटक सार्वजनिक गर्दा त्यसको माउ कम्पनी वाइडडान्सलाई पनि लाग्दैन थियो कि आफ्नो उत्पादन यतिधेरै लोकप्रिय होला भनेर । उसलाई पनि त्यस्तो अनुमान थिएन, जुन अहिले  आएर सही सावित भएको छ ।
विश्वमा मनोरञ्जनको एउटा माध्यमका रुपमा लिइएको टिकटक यतिबेला संसारभर नै एउटा व्यवसायको रुपमा स्थापित भइसकेको छ । पछिल्ला दिनमा त यो विज्ञापन र व्यापारको एउटा हटस्पट नै बनेको छ । के गृहणी ,के गोठाला तथा अन्य कामकाजी महिलाहरुबीच अहिले यो टिकटक आफ्नो प्रतिभा देखाउने माध्याम बनेको छ ।  चारपाँच बर्षको दौरानमा विश्वका करोडौं मानिस मात्रै नभई धेरै जसो कम्पनीहरु यसको सुपर फ्यान भएका छन् । विश्व बजारको आकाँडा हेर्ने हो भने ८५० मिलियनले यो एप डाउनलोड गरिसकेका छन् । ८०० मिलियन मानिस सक्रिय प्रयोगकर्ता रहेका छन् ।
यसरी हेर्दा संसारका धेरै मानिसहरु आज टिकटकसँग आफ्नो दैनिकी मात्र नभइ व्यापार पनि बढाइरहेका छन् भन्दा फरक नर्पला । संसार नै डिजिटल युगमा प्रवेश गरिसकेको छ । २० मिनेट लगाएर एक समसायामिक स्तरीय आलेख पढ्ने र हेर्ने फुर्सद जो कोहीलाई कहाँ हुन्छ र ? त्यसको सट्टा १५ सेकेण्डको टिकटक भिडियो क्लिपको मज्जा नै बेग्लै हुन्छ । कतिपयले त टिकटक हेर्ने बित्तिकै पाइने सस्तो मनोरञ्जनले तनाव कम गराएको सत्यतालाई पनि नकार्न सकिदैन ।
पछिल्लो समय नेपालमा पनि गज्जबको लोकप्रियता बढेको छ यसको । हुनत टिकटकमा बढी रम्नेमा टिनएजर्सको जमात देखिए पनि सबै उमेरका व्यक्तिको लागि यो ‘सुगर रोगको लागि इन्सुलेसन’ जस्तै एडिक्सन भइसकेको छ । विशेषतः फेसबुक र इन्स्ट्रग्राममा टिकटक भिडियो अहिले निकै लोकप्रिय बनेका छन् । नेपालबाहेक अन्य थुप्रै देशमा पनि यसको लोकप्रियता बढ्दो छ । यो एप शुरु भएको केही महिनामै विश्वमा लाखौं मानिसले यसको प्रयोग गरेका थिए । विद्यार्थीदेखि फरक पेशा, व्यवसायमा संलग्न सबै यो एपमा रमाउन थालेका छन् । सेलिब्रिटीको तुलनामा सर्वसाधारण नै टिकटकमा बढी हिट भइरहेका छन् ।
हाल व्यवसायी र सम्वद्ध कम्पनीहरु आफ्नो व्यापार र उत्पादन टिकटकमै बेच्ने गरेका छन् । एउटा स्मार्टफोन अनि इन्टरनेट । आफै एक्टर, आफै डाइरेक्टर सबै आफै हुनपाइने सुविधा । खर्च कम लाग्ने अनि विज्ञापनको ठूलो सञ्जाल पनि पाइने । अझ म्यूजिक भिडियोको प्रचारका लागि त टिकटक सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प बनेको छ । त्यति मात्रै होइन, टिकटकबाटै सेलिब्रेटी बनेकाहरुको पनि अहिले कमी छैन ।
लाइभबाटै आम्दानी
टिकटक हेर्नुहुन्छ भने अंश वर्मा नाम त सुन्नु भएकै होला । उनले टिकटकमा लाइभ बसी प्राप्त गिफ्ट नै १ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् । उनकै भनाइ पत्याउने हो भने उनले २ वटा घर यसैको आम्दानीबाट कमाइ सकेका छन् । त्यसैगरी युट्युवमा भाइरल पुण्य गौतम पनि अहिले हरेक दिन हरेक समय जसो लाइभमै भेटिन थालेका छन् । उनले शुरुको दिनको ५ घण्टाको कमाइ मात्रै ४० हजार रुपैयाँभन्दा बढी भएको अन्तर्वार्ता दिँदै आएका छन् । टिकटक लाइभबाट मनग्गे आम्दानी हुन थालेपछि अहिले जो कोही पनि टिकटकमा लाइभ बस्ने र गिफ्ट माग्ने गर्न थालेका छन् । उसो त यो खेलमा टिकटकका नयाँ प्रयोगकर्ता मात्रै होइन सेलिब्रेटी कलाकार समेत छन् । सबैजसो तछाडमछाड गर्दै लाइभमा आउने र गेम खेल्न थालेका छन् । कसैलाई कार त कसैलाई चस्मा उपहार चाहिएको छ ।
विज्ञापन मात्र नभइ व्यापार पनि
हाल टिकटक विज्ञापनको राम्रो प्लेटफर्म भएको छ । हरेक साना ठूला व्यापारी आजकल टिकटकमा जोडिन थालेका छन् । सोही कारण टिकटक एकदमै राम्रो माध्यम बनेको छ । सबैका सामू पुग्ने र खर्च पनि नलाग्ने कारण यसको लोकप्रियता झनै बढेको छ । विज्ञापन बनाउने संस्थाहरुलाई विज्ञापन हाल्न दिनका लागि धेरै महंगो पर्ने भएकाले सित्तैमा विज्ञापन गर्न पाइने प्लेटफर्म बेनेको छ यो । किन पैसा तिरेर विज्ञापन गर्ने समेत उनीहरुको सोच विकास भएको छ । एकजनाले लगाएको देखेपछि सारीदेखि जुत्तासम्म आजकल टिकटकबाटै किन्न र बेच्न थालिएको छ । पसल भएका व्यापारीले आफ्नो नाममा र पसलको नाममा टिकटक खोलेर विज्ञापन गरिरहेका छन् । आफना सामानको फोटो या भिडियो चट्ट परेको व्याकग्राउण्ड धुनसहित राख्ने गरेका छन् । यसले आफ्नो व्यापार बढाँएको बाग्लुङकी झरना कँडेलको भनाइ छ ।
उनी भन्छिन्, ‘मैले पनि एकदिन साथीको टिकटकमा देखेर रातो सारी किनेको थिए । त्यही सारी लगाएर एउटा भिडियो टिकटकमा हाले । त्यसपछि मलाई म्यासेज आउन थाले । कहाँ पाउँछ ? कतिमा लिएको ? मलाई पनि चाहियो आदिइत्यादि,’ उनले थपिन्, ‘ यस्तो म्यासेज आउन थालेपछि मैले शुरुमा जहाँबाट किनेको थिए त्यहीबाट अर्डर गर्दै आफै बेच्न थाले । अहिले मेरै आफ्नै अनलाइन सप छ । विज्ञापन पनि टिकटक मै बेच्ने पनि टिकटक मै ।’
यस्तै आजकाल जमनामा नचलेका गीत, रमणीय ठाउँ, कलकलाउँदो झरना, कलकल बग्ने खोलानाला, झोलुङ्गे पुललगायतलाई टिकटकले संसार भर चिनाइ रहेको छ । यसले देशको पर्यटन व्यवसायलाई समेत सहयोग गरिरहेको छ । टिकटकमा देखेको भिडियो र फोटोको आधारमा आन्तरिक पर्यटक सम्बन्धित क्षेत्रमा जाने चलन बढेको छ । यसो हुँदा त्यस्ता ठाउँहरु पर्यटकीय हिसाबले बिस्तार हुदै गएका छन् ।
दाङको भाइरल रोड, तनहुँको मानुङकोट डाँडा, अम्ब्रेला सहर, इलुजन थ्रिडी आर्ट म्युजियम जस्ता ठाउँमा पुगेका आन्तरिक पर्यटकले गरेको खर्चले कोरोनाबाट थलिएको पर्यटन व्यवसायलाई केही राहत पुगेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
के हो टिकटक ?
‘टिकटक’ मोबाइलबाट बनाउन सकिने छोटो भिडियो एप हो । यसलाई शुरुवात गर्ने कम्पनीका अनुसार आफूले देखेको कुनै विशेष पल, सिर्जनात्मक र ज्ञानको विषयलाई मोबाइलबाटै कैद गरेर संसार सामू प्रस्तुत गर्ने उद्देश्यले टिकटक प्रारम्भ गरिएको थियो । यसले हरेक व्यक्तिले सिर्जनात्मक तवरले भिडियोमार्फत् अभिव्यक्ति दिन तथा आफ्नो अभिरुचिको विषय संसारसामु देखाउन उत्प्रेरणा जगाउँछ । यसमा फ्यान, फलोइङ र हार्ट फिचरसमेत समावेश छ । अपलोड गरिएका भिडियोको लाइक संख्याका आधारमा हार्टको संख्या निर्धारण हुन्छ । एकअर्कामा फलो, फ्लोइङ छ भने यसबाट म्यासेज आदानप्रदानसमेत गर्न सकिन्छ । यो एउटा मनोरञ्जनात्मक सामाजिक सञ्जाल हो । 
कसरी हुन्छ आम्दानी ?
विशेष गरी टिकटकबाट आम्दानी हुने मुख्य स्रोत अरु प्रयोगकर्ताले दिने गिफ्ट हो । जसमा प्रयोगकर्ताले क्वाइन दिन्छन् । एक डलर खर्च गर्ने हो भने ६५ क्वाइन खरिद गर्न सकिन्छ । सोही क्वाइनलाई गिफ्टमार्फत् खर्च गर्ने हो । जसमा गिफ्ट अनुसार क्वाइनको पनि फरक पर्छ । यदि तपाईंले गुफाब, टिकटकको लोगो पठाउँदा एउटा क्वाइन खर्च हुन्छ भने पर्म्यूम पठाउन २० क्वाइन, डफनटका लागि ३० क्वाइन खर्च हुन्छ भने सबमरिन पठाउँदा ५ हजार १९९ क्वाइन खर्च हुन्छ । त्यससैगरी पुतली पठाउँदा १६९ क्वाइन, चस्मा पठाउँदा १९९ क्वान, हर्टका लागि १९९ क्वाइन, सनग्लास पठाउँदा १९९ क्वाइन खर्च हुन्छ ।
कसरी आउँछ पैसा
टिकटकबाट गिफ्ट, हेरेको संख्या र कन्टेन्टको आधारमा पैसा प्राप्त हुने गरेको छ । तर नेपाल जस्तो देशलाई गिफ्टको आधारमा मात्र दिइने गरेको प्रयोगकर्ता दिनेश खड्काले बताए । उनी विगत ६ महिनादेखि टिकटकमा सक्रिय छन् । हाल उनी दैनिक लाइभमा बस्ने गरेका छन् । ‘त्यसमा कसैले एक हजार पर्ने गिफ्ट पठायो भने तपाईंले जम्मा तीन सय अर्थात ३० प्रतिशत मात्र पाउनुहुने छ । ७० प्रतिशत टिकटकले आफै राख्ने गर्दछ,’ उनले भने, ‘यसबाट कमाइ भएको रकम भने नेपालमा सिधा निकाल्न मिल्दैन त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको भुक्तानी प्रणाली अपनाउनु पर्छ । उनको भनाइअनुसार हाल महिनाको एक लाखसम्म कमाई हुने गरेको छ ।
खड्का भन्छन्, ‘मलाई आजकाल हरेक ठाउँबाट फोन आउन थालेको छ । कुनै कपडा पसलले, कुनै चस्मा पसलले अफर दिइरहेका हुन्छन् । खडकालाई उनीहरुले भन्ने गर्छन हाम्रो प्रडक्ट लगाएर लाइभ बसिदिनु पर्यो ।’ विश्वका अन्य देशका नागरिक जस्तै देशभित्रै रहेका नेपालीदेखि विश्वको जुनसुकै भूगोलमा रहेका नेपाली युवायुवती सबैमा आज टिकटक एक फेसन र पैसा कमाउने माध्यम पनि बनेको छ । हरेकका घरघरमा सबै बयस्क छोरी छोराहरु मात्र नभई आमाबाबु पनि बन्द कोठामै टिकटमा रमाई रहेका हुन्छन् ।
कोही आफ्नो घरको कौशीमा टिकटकको सहारामा एक्लै उफ्री रहेको देखिन्छ भने कोही सडक तिर हातमा मोबाइल लिदै बर्बराउँदै टिकटक भिडियो सुट गरी हिँडिरहेको यत्रतत्र देखिन्छ । ‘अचम्म लाग्छ । कहिल्यै गाँउ घर मेला पाँखा नहिँडेको छोरो, कम्मरमा खुर्पी ठ्याक कसरी भिर्ने हो बाबा ? भनेर सोध्न आउँछ,’ टिकटक चलाउने रामहरि अधिकारीका पिताले भने ।
मौलिकतासम्म झल्काउँदै
हाल टिकटकमा भाइरल हुने भनेको हाम्रै गाउँबेसीका लोक भाका हुन् । यही बहानामा आजका पुस्ताले ड्रेसअप म्याच गर्ने नाउँमा पुराना हाम्रा मौलिक लुगा र कपडाहरु तथा अन्य उपयोगी वस्तुहरुको बारेमा जान्न र देख्न पाएका छन् ।
गीत वा संवाद, शब्द वा कमेडी जेमा भिडियो छायाँङ्कन गर्दा नि कथाले मागेको दृश्य राखिने हुँदा पनि यो थप मौलिक बन्न पुगेको छ । त्यस्तै, डोको र नाम्लो ,ढिकी र जाँतो गीतको बोलमा पनि लोप भइ सकेका यस्ता वस्तुहरु भोलिका पुस्ताले सम्झिरहने अवस्था टिकटकले बनाएको छ । यस्तै, धेरैले यसलाई आर्थिक उपार्जनको बाटो समेत बनाएका छन् । तर पछिल्ला दिनमा विकृति पनि बढेकाले त्यसतर्फ सचेत भने हुनैपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।