logo

१२औँ राष्ट्रिय जनगणना कार्य सुरु , उच्चतम प्रविधीको प्रयोग 

    1179   पटक पढिएको

 

३० भाद्र /अर्थ र व्यापार–  कोरोना महामारिका कारण हालसम्म रोकिएको मुलुकको १२औँ राष्ट्रिय जनगणना कार्य बुधबारदेखि औपचारिक रुपमा सुरुवात भएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि घरपरिवार सूचीकरण कार्य आजबाट प्रारम्भ गरेसँगै देशभर जनगणनाको काम सुरु भएको हो । 
गत असारमा सकिनुपर्ने यो गणना कोरोना भाइरस महामारीका कारण सरेको थियो। पछिल्लो ६० वर्षमा पहिलो पटक निर्धारित मितिभन्दा पछि गणना सरेको पनि यो वर्ष नै हो । यसअघि सरकारले गत २५ जेठदेखि ८ असारसम्ममा जनगणना कार्य सम्पन्न गर्ने कार्यक्रम निर्धारण भएको थियो । त्यतिबेला कोरोना संक्रमणको दोस्रो लहरबाट बच्ने उपाए स्वरुप गरिएको निशेधाज्ञाका कारण हालसम्मकालागि सरेको मूल गणना आगामी २५ कात्तिकमा सुरु भएर आगामी ९ मंसिरमा सम्पन्न हुने बताईएको छ । 
मुल गणना अघिको घरपरिवार सूचीकरण बुधबारदेखि सुरु भएको केन्द्रीय तथ्यांक विभागका उप महानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । ‘मेरो गणना, मेरो सहभागिताः राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ यस पटकको जनगणना हुने छ । यो जनगणनामा  ३९ हजार गणक खटिने छन् । यसपटकको जनगणनामा गणक छनौट गर्दा पहिलेको भन्दा फरक मापदण्ड तय गरिएको थियो । 
पहिलेका गणनाहरूमा विद्यालयका शिक्षकहरूको बाहुल्यता हुन्थ्यो । तर, अहिलेको यो गणनामा विद्यार्थी तथा शैक्षिक बेरोजगारहरूलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै ८ हजार सुपरीवेक्षक पनि खटिने भएका छन् । ७ वटै प्रदेश, सबै जिल्लाहरु र ३४९ स्थानीय जनगणना कार्यालय रहने छन् । 
जसकालागि १ हजार ७११ जना प्रशिक्षकहरूले गणकलाई प्रशिक्षण दिने छन् । बुधबारदेखि सुरु भएको घरपरिवार सूचीकरणको काम आगामी १८ असोजसम्ममा सम्पन्न हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यो जनगणनामा विगतका वर्षहरुको भन्दा धेरै कुराहरु फरक र व्यवस्थीत हुने केन्द्रीय तथ्यांक विभागको दावी छ ।  

यस्ता छन जनगणना २०७८ का मुख्य विशेषताहरु 

–संघीयतापछिको पहिलो गणना 
२०७२ सालको नयाँ संविधानले नेपाललाई संघीय प्रशासनमा रूपान्तरण गरेपछि पहिलोपटक यो जनगणना हुन थालेको हो । संघीय प्रशासनिक विभाजन पछिको गणना भएकाले यो पटक सोही अनुसारको गणना हुने र तथ्यांक आउने गरी तय गरिएको विभागले जनाएको छ । विभागका अनुसार यसअघिका गणनामा हिमाल पहाड र तराई, जिल्ला र अञ्चलको तथ्यांक आउथ्यो। यो पटक भने प्रदेश अनुसार तथ्यांक आउने छ । 
–सबै घर समेटिने 
केन्द्रीय तथ्यांक विभागका अनुसार यो पटक प्रत्येक घरमा प्रश्न सोधिने छ । पहिलेका गणनाहरूमा केही घर छोडिन्थ्यो। सबै समेट्ने गरेका थिएनन् । तर ’यो पटक सबै घरपरिवारलाई समेट्ने र यसबाट प्रत्येक घर परिवारको आर्थिक सामाजिकदेखि शैक्षिक अवस्थाको सूचक ल्याइने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 
– घरको विस्तृत विवरण 
पछिल्लो समय नेपालले बहुआयामिक गरिबीको सूचक निकाल्न थालेको छ । यसका लागि विभागले प्रश्नावलीहरू सोही अनुसार तय गरेको छ । घरको भौतिक संरचना, प्रकार, आयु, कुन सामग्रीबाट घर बनेको छ? घर परिवारको आर्थिक अवस्था, व्यावसायिक तालिम लिए नलिएको भन्ने नयाँ प्रश्न सोधिने छ । यसैगरि, वित्तीय पहुँच, ऋण लिए नलिएको जस्ता तथ्यांक निकालिने छ । घर परिवारमा कतिजना सदस्यले काम गरेको र नगरेको तथा  रोजगारीदेखि व्यावसायिक संलग्न व्यक्तिगत रुपमै र पारिवारिक आँकडा समेत निकालिने छ। 
– नयाँ प्रश्न
यो पटक केही नयाँ प्रश्न थपिएका छन्। यो पटकको गणनामा बालबालिकाको अवस्थाको बारेमा आँकडा निकालिने छ । उनीहरूले पाएको शिक्षाको अवसर, पोषणको अवस्थाको तथ्यांक निकाल्ने गरी प्रश्न तय भएका छन् । यसैगरि, वित्तीय पहुँच, अहिलेसम्म ऋण लिए नलिएको, बैंक खाता भए नभएको पारिवारिक स्तरमा कतिले यस्तो सुविधा लिएका छन् भनेर यसपाली नयाँ प्रश्न सोधिने छ । सरकारी अनुदान लिएर घर बनाए नबनाएको, सीपमूलक तालिम पाए नपाएको जस्ता प्रश्न पनि यो पटक नयाँ समेटिने छन् । यो पटक केन्द्रीय तथ्यांक विभागले सहरी जनसंख्या पहिचनाका लागि पनि प्रश्न तय गरेको छ । यसअघि नगरपालिकाको जति जनसंख्यालाई सहरी जनसंख्याको वर्गमा राख्ने गरिएको थियो। तर, यसपटक नगरपालिका धेरै भएकाले वास्तविक सहर कुन हुन् र कुन होइनन् भनेर  तथ्यांक निकालिने छ । त्यस्तै, सामुदायिक प्रश्नावली पनि थपिएको छ । प्रत्येक वडाको प्रोफाईल तयार पार्नकालागि यस्तो प्रश्नावली तयार पारिएको छ । यो प्रश्न भने वडा कार्यालयमै भरिने विभागले जानकारि गराएको छ । 
–प्रविधिको प्रयोग 
यो जनगणनाको तयारीदेखि नै विभागले प्रविधिको प्रयोगलाई बढावा दिएको थियो । र यो प्रयोग गणनासम्म हुने केन्द्रीय तथ्यांक विभागको भनाइ छ । विभागले गणक छनौटको प्रक्रिया नै अनलाइन माध्यमबाट गरेको थियो । गणनामा पनि ट्यावलेट, इमेल तथा इन्टरनेटको अधिकतम उपयोग हुने विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।