logo

एमसीसी उपाध्यक्षसँग ओलीले भने : सरकारमा हुँदा प्रयास गरेकै हौँ, अहिले प्रतिपक्ष भइसक्यौँ

    1015   पटक पढिएको

२४ भाद्र / अर्थ र व्यापार–  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपाल आईपुगेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीलाई आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर, त्यसबेला सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताएका छन् । 
एमसीसीकी उपाध्यक्ष फतिमा नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा ओलीले आफूहरू अहिले प्रतिपक्षमा भएकाले केही गर्न नमिल्ने बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

‘हिजो हामी सरकारमा हुँदा हामीले अगाडि बढाउने प्रयास गरेका हौँ । सरकारकातर्फ हामीले संसद्मा टेबुल गरिसकेका थियौँ । तर, त्यसबेला सभामुख अग्नी प्रसाद सापकोटा लगायत केही व्यक्तिको भूमिकाका कारणले यो हुन सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । हाम्रो भूमिका बदलिएको छ । ’ हिजो हामी सरकारमा हुँदा जे हामीले गरेका थियौँ, आज हामी प्रतिपक्षमा हुँदा त्यो गर्न मिल्दनै । हामीसँग सत्तारूढ पार्टीबाट कुनै निर्णय वा हामीसँग छलफल नगरेको अवस्था हो, ‘ ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने । 
नेपालको चारदिने भ्रमणका लागि एमसीसीकी उपाध्यक्ष सहितको उच्च नेतृत्व टोली बिहीबार बिहान काठमाडौं आइपुगेको हो । नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । हाल नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडैं आएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।