logo

विश्व बैंकले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि थप १० करोड डलर दिने

    1239   पटक पढिएको

२५ असार/अर्थ र व्यापार– विश्व बैंकले थप १० करोड डलर नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि उपलब्ध गराउने भएको छ । 

सरकारी विद्यालय विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीको प्रभावकारी सुधारका लागि छुट्टाछुट्टै ५/५ करोड डलर सहयोग दिने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद जेरभोसले यो सहायताबाट शिक्षा क्षेत्रलाई बलियो बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई मद्दत पुग्ने बताएका छन् ।

जेरभोसले विद्यालय क्षेत्र विकास कार्यक्रमले बालबालिकाको स्कुल छोडेर बाहिरिने क्रम न्यून बनाउने लक्ष्य राखेको बताए । यस्तै स्वास्थ्य क्षेत्रमा दिइएको सहयोगले कोभिड–१९ महामारीको अवस्थामा जटिल रहेको नेपालको स्वास्थ्य प्रणालीलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

विश्व बैंकले यस सहयताबाट नेपालको स्वास्थ्य क्षेत्रको रणनीतिलाई सार्वजनिक स्रोत व्यवस्थापनमा प्रभावकारी सुधार तथा पारदर्शिता कायम हुने गरी कार्यान्वयन गर्न मद्दत पुग्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।