logo

पाथीभरा मन्दिरका १६ टन सिक्का साटिँदै

    1525   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार – प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सटही हुन नसकी थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापाको दमकस्थित कन्काई विकास बैंकले सिक्का साट्ने भएको हो । बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको छ । 

सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर ल्याइएका सिक्का त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम राखिएको थियो । समिति र बैंकबीच छलफल भई धुने, टल्काउने र सफा सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको छ ।

एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने छ । जस अनुसार १६ टनको ४० लाख रुपैयाँ हुने छ । 

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्का हालसम्म सटही भएको थिएन । केही हजार सिक्का सदरमुकामका पसलेले साटे पनि ठूलो परिमाणमा सिक्का त्यसै थन्किएको थियो ।

ताप्लेजुङमा रहेका बैकहरुमा आग्रह गर्दा समेत थन्किएको सिक्का नसाटिदा समितिलाई व्यवस्थापनमा समस्या भएको थियो । दशैं र चैते दशैंका बेलामा दैनिक १४ पाथिसम्म पाथीभरामा सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ । दर्शनार्थीको भिड हुने बेलामा दैनिक दुई क्विन्टल भन्दा बढी सिक्का जम्मा हुनेछ । 

मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दशैंको बेला असोजदेखि कात्तिकभर धेरै भिड लाग्छ । अधिकांश तीर्थयात्रीले सिक्का लिएर जाने र भालुगौंडेदेखि नै चढाउने गर्छन् ।

पछिल्ला वर्ष बबशोका पाठापाठी नलैजाने र पाथी पैसा लगेर चढाउनेको संख्या बढेको छ । पाथीभरामा पाथीले भरेर चढाए मनको इच्छा पूरा हुने विश्वासले तीर्थयात्रीहरूले सिक्का चढाउन थालेका हुन् । सिक्का ढुवानी तथा लोड गर्न नेपाली सेनाको नयाँ रणभीम गुल्मले जनशक्ति उपलब्ध गराएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।