logo

बन्दाकोपीमा गाँठे रोग (क्लबरुट) लाग्दा १५ करोडको नोक्सान

    1522   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – तेह्रथुम र धनकुटामा लगाइएको बन्दकोपीमा गाँठे रोग (क्लबरुट) लाग्दा किसानलाई एक सातामा नै १५ करोड रुपैयाँबराबरको नोक्सान भएको छ । किसानले बारीबाट टिपेर पठाएको बन्दाकोपीसमेत बाटोमै कुहिएपछि व्यापारीले समेत लान छाडेको छ । तीन वर्षअघि पनि यस क्षेत्रको बन्दाकोपीमा क्लबरुटको प्रकोप देखिएको थियो । 

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बालीरोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो । त्यसपछि दुई वर्षसम्म नदेखिएको रोग यो वर्ष पुनः देखा परेको छ । सुरुमा बन्दाकोपीमा मात्रै देखिएको प्रकोप अहिले अन्य बालीमा समेत फैलिएर दुःख दिन थालेको छ । अहिले काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायत बालीमा समेत क्लबरुटको संक्रमण फैलिएको छ । 

बजारमा पठाउने वेलामा बारीमै बन्दा कुहिएपछि ५ लाख रुपैयाँबराबरको नोक्सान भएको छ । तेह्रथुमका छथर गाउँपालिकाका र लालीगुराँस नगरपालिकाका अधिकांश किसानले बन्दाकोपीको व्यावसायिक खेती लगाएका छन् । विगतमा १० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकेजीसम्म कारोबार भएको बन्दाकोपी यो वर्ष ३ रुपैयाँमा कारोबार भइरहेको छ । रोगको प्रकोप र मूल्यमा आएको भारी गिरावटले स्थानीय किसानलाई करोडौँ रुपैयाँको नोक्सान भएको हो ।

बारीमा बन्दा रोप्दा बिउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदारसमेत गर्दा २ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । यहाँको बन्दाकोपी धनकुटाको सिधुवा हुँदै धरानको कृषिउपज बजारमा पुग्छ । त्यहाँबाट भारतीय बजारतर्फ निकासी हुन्छ । तर, अत्यधिक कुहिएकाले भारततर्फ निकासी गर्न नसकिएको छ । यो वर्ष तेह्रथुम र धनकुटाबाट लगेको बन्दा धरान नपुग्दै कुहिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।