logo

१० प्रतिशत सेवाशुल्क खारेज निर्णय विरुद्धमा मंगलबारदेखि देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने 

    1179   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार - रेष्टुरेण्ड एण्ड वार एशोसिएसनको १० प्रतिशत सेवाशुल्क खारेज निर्णय विरुद्धमा तीनवटा मजदुर संघको संयोजकत्वमा देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने भएको छ । नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले संयुक्त छलफलपछि शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

श्रम नियमावली २०७५ को नियम ८२ अनुसार कानुनी रुपमा वैधानिकता प्रदान गरिएको कारण १० प्रतिशत सेवा शूल्क खारेज गर्नु अन्याय रहेको मजदुरले बताएका छन् ।

रेवानले गरेको निर्णय विरुद्ध तीन वटा संघ कानुनी उपचार खोज्ने क्रममा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए । संघको योजना अनुसार आगामी आइतबार दिउँसो चार बजे मुलुकभर देशव्यापी कोणसभा गरिनेछ भने प्रतिष्ठान स्तरमा रेवानलाई नै सार्वजनिक रुपमा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

सोमबार रेवानका उच्चपदाधिकारी र व्यवसायी बसेको छलफलबाट रेष्टुरेण्टमा लागू गर्दै आएको १० प्रतिशत सेवाशूल्क खारेज गर्ने निर्णयको विरोधमा मजदुरहरुले बुधबार रेवानको विज्ञप्ती जलाएका थिए । 
         


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।