logo

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ देखि आयोजना हुने

    2528   पटक पढिएको

३ माघ / अर्थ र व्यापार संवाददाता- दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनआईएफएफ) आगामी फागुन ९ देखि १३ गतेसम्म आयोजना हुने भएको छ । महोत्सव काठमाण्डौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डको परिसर एवं प्रेक्ष्यालयहरुमा आयोजना हुनेछ । एनआईएफएफको सह–आयोजकमा काठमाण्डौं महानगरपालिका तथा चलचित्र बिकास बोर्ड र  पर्यटन बोर्ड महोत्सव सम्बद्र्धकका रुपमा रहेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वका विभिन्न राष्ट्रका उत्कृष्ट चलचित्रहरुको प्रदर्शन हुनुका साथै विभिन्न विषयमा केन्द्रित भएर गहन छलफल र अन्तक्र्रियाहरु गरिने नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष के.पी.पाठकले वताए । यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनका लागि अन्तिम् छनौटमा परेका छन् । ती चलचित्रहरु मध्ये नेपालका १६ चलचित्रहरु समावेश छन् । महोत्सवमा समावेश विदेशी चलचित्रहरु मध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु रहेको आयोजकले जनाएको छ । 

महोत्सवमा छनौटमा परेका चलचित्रहरुको प्रदर्शनका साथै नेपालका चर्चित चलचित्रकर्मिहरु र अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका विशेषज्ञहरुको सहभागितामा बृहत छलफलहरु पनि हुन पाठकले वताए । महोत्सवमा सहभागी चलचित्रहरु मध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र जगतका ख्यातिप्राप्त चलचित्रविद्हरु सम्मिलित निर्णायक मण्डलबाट मूल्याङ्ककन गराई पुरस्कार प्रदान गरीने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गतका चलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र नगद राशी एक हजार डलर सहितको गौतम बुद्ध अवार्ड र एक शर्ट फिल्मलाई पाँचसय डलर नगद र ट्रफी सहितको माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ भने नेपाल पानोरामा अन्तर्गतको प्रतिस्पर्धामा रहेका चलचित्रहरुमध्ये सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई नगद रु.पचास हजार र ट्रफी सहित सर्वोत्कृष्ट पुरस्कार, सर्वोत्कृष्ट शर्ट फिल्मलाई पच्चीस हजार नगद र ट्रफी सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।