logo

चलचित्र जालो आज प्रदर्शित हुँदै

    2124   पटक पढिएको

जेठ १९ / अर्थ र व्यापार-एउटा प्रयोगात्मक चलचित्र जालो आज शुक्रबार सार्वजनिक हुनेछ  । यो चलचित्र  १ घण्टा ४७ मिनेटभन्दा केही सेकेन्ड बढी अवधिको छ  । यो चलचित्र जालो छायाँकार हरि घले लामाले एकै सटमा खिचेका हुन् । अर्थात् उक्त चलचित्र क्यामेरा अन गरेपछि पूरै चलचित्र खिचेर अफ गरिने तरिकाबाट खिचिएको छ । निर्देशक अराज केशवको अनुसार यसरी एउटा पूरै चलचित्र एकै सटमा संसारमै  पहिलो पटक खिचिएको हो । त्यसैले, उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा पनि यसको दाबी गरिसकेको छ ।

दुई श्रृंखलामा चलचित्रलाई बनाइएको छ । पहिलो श्रृंखला जालो हो भने दोस्रो श्रृंखला जालो रिटर्नस् हो । आज शुक्रबार जालो मात्र प्रदर्शन हुनेछ भने त्यसको केही महिनापछि जालो रिटर्नस् देखाइनेछ ।

निर्देशक केशवले नाटकमा झैं कलाकारहरूलाई धेरै दिनसम्म पूर्वाभ्यास गरेपछि मात्र छायांकन गर्न थालेका थिए । चलचित्र जालो सस्पेन्स र थ्रिल अवधारणाको रुपमा रहेको छ । यसमा एउटा घरभित्र घट्ने अनौठा घटनालाई कथाका रूपमा प्रस्तुत गरिएको छ । विपिन मल्लको सम्पादन, सत्यम राना, अक्की शर्मा र गौतमराज खड्काको भीएफएक्स चलचित्र जालोमा रहेको छ भने चलचित्रका निर्माता मोहित मुनाल, अराज केशव र धद्दानी गिरी हुन् । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।