logo

आगामी जनवरी र मार्चको बीचमा दुई वटै विमान नेपाल आउँछन

    1981   पटक पढिएको

सुगतरत्न कंसाकार
महाप्रबन्धक, नेपाल वायुसेवा निगम

० नेपाल वायुसेवा निगमले खरीद गर्ने भनेका दुई वटा वाइडबडी एयरबस विमान खरीद प्रक्रिया कहाँ पुग्यो ?

विमान खरीद प्रक्रिया करिव–करिव अन्तिम चरणमा पुगेको छ । हामीले बैना रकमस्वरूप १० करोड रुपैयाँ पठाइसकेका छौं,अब पर्चेज एग्रिमेण्टको काम गर्नुपर्ने हो । त्यसका लागि तीनओटा कम्पनीको ज्वाइण्ट भेञ्चरसँग एग्रिमेण्ट गर्नुपर्छ । त्यो ज्वाइण्ट भेञ्चरमा अमेरिकाको एएआर, पोर्चुगलको हाईफ्लाई र जर्मनीको जर्मन एभिएसन क्यापिटल छन् । ती कम्पनीका प्रतिनिधि केही दिनमै नेपाल आउँदै छन् । तीमध्ये जर्मन एभिएसन क्यापिटलले तीन वटै कम्पनीको तर्फबाट टेण्डर हालेको हो । त्यससँग हाम्रो इमेल पत्राचार भएको छ । त्यसमा हाम्रो तर्फबाट २–३ वटा र उनीहरूको तर्फबाट पनि २÷३ वटा कैफियतहरू छन् । त्यसमा छलफल हुन्छ र त्यसपछि पर्चेज एग्रिमेण्ट हुन्छ र हाम्रो अपेक्षा भनेको आगामी जनवरी र मार्चको बीचमा दुई वटै विमान नेपाल आउँछन् भन्ने हो ।

० यि दुई विमानहरु निगमले प्रचलित मूल्यभन्दा निकै सस्तोमा ल्याउँदै छ भन्ने कुरा यथार्थ हो ? यो कसरी सम्भव भयो ?

निकै सस्तो त नभनौं, तर सस्तोचाहिँ पर्ने भयो । सस्तो कसरी भयो भन्ने विषयमा लेखा समितिमा पनि सोधिएको थियो । एयरबसको वेबसाइटमा हेर्दा उसले राखेको मूल्य २ सय ३० मिलियन डलर रहेछ तर उसले हामीलाई दिने मूल्य १ सय ४ मिलियन डलर पर्ने भयो । यसले गर्दा हाम्रो सस्तो देखियो । एभिएशन व्यापारमा के हुँदो रहेछ भने उनीहरू केहीले क्याटलग मूल्य र केहीले लिष्टेड मूल्य भनेर राख्दा रहेछन, जुन मूल्य दिने मूल्य भन्दा करीब आधा हुँदो रहेछ । तर, यहाँ शंका के भयो भने आधा जस्तो मूल्यमा विमान आउने भएपछि पुरानो विमान डेण्टिङ, पेण्टिङ गरेर ल्याउँदै छन् कि ? तर, हामी ढुक्क छौं त्यसो होइन । ३३० एयरबस बनाउने कम्पनी संसारमा उही मात्र रहेछ । हामीले उसैको कम्पनीमा बनेको नयाँ विमान सीधै उडाएर नेपाल ल्याउने हो । यी प्राविधिक कुराले गर्दा हामीले किन्ने विमान सस्तो दखिएको हो ।

० नयाँ विमान खरीद गरेपछि निगमका उडान योजना र नयाँ देशहरु सँग हवाई सम्झौताको योजना कसरी अगाडि बढ्नेछ ?

दुई विमान आउना साथ पुराना गन्तव्यमा हामी क्रमशः अगाडि बढ्छौं । कोरियाले अहिले नै हामीलाई उडानका लागि स्लट दिइसक्यो । विमान आएको अर्को हप्ता नै हामी त्यहाँ उडान थाल्न सक्छौं । हामीले कोरियाका लागि व्यवसायिक तयारी शुरू गरिसकेका छौं । कोरियामा हप्तामा दुईटासम्म उडान गर्ने सोचमा छौं । त्यस्तै, अर्को बजार भनेको साउदी अरेबिया हो, जहाँ ४–५ लाख बढी नेपाली छन् भन्ने अनुमान छ । त्यहाँबाट अहिले नेपालमा सीधै उडान पनि नभएकोले त्यो पनि हाम्रो लागि राम्रो गन्तव्य हुन सक्छ । अर्को, जहाँ अहिले हाम्रा दुईटा बोइङले उडान गरिरहेका छन, ती स्थानमा पनि उडान थप्न सक्छौं । अहिले हामी जम्मा आठ वटा गन्तव्यमा मात्र पुगेका छौं । ती ठाउँमा पनि एयरबस आएपछि थप उडान गर्न सकिन्छ । अर्को हाम्रो टार्गेट अष्ट्रेलिया र न्युजिल्याण्ड पनि हो । 

० नेपाल वायुसेवा निगमलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउन के–के योजना छन् ?

आन्तरिक र बाह्य दुवैमा हामी क्रमशः अगाडि बढ्दै छौं । आन्तरिकमा हामी अहिले २६ वटा गन्तव्यमा गइरहे पनि आम नेपालीको चाहना र निगमसँगको अपेक्षा चाहिँ निजी कम्पनीहरू नगएको वा जान अप्ठ्यारो मानिरहेको ठाउँमा पनि निगमले उडान गर्नुपर्छ,किनकि यो सरकारी कम्पनी हो । सबै कुरा नाफा मात्र होइन । हामीकहाँ यस्ता गाउँहरू छन्, जहाँबाट काठमाडौं आउन ५–६ दिन लाग्छ । त्यस्तो ठाउँमा उडान गर्दा त्यसको सामाजिक आर्थिक विकासलाई टेवा नै पुग्दछ । हामीले नाफा त अन्तर्राष्ट्रिय उडानमा गर्न सक्छौं । त्यो नाफाबाट पनि आन्तरिक उडानमा सहयोग गर्न सक्छौं । मैले लेखा समितिमा पनि यही कुरा राखेको छु । दुईजना मात्र यात्रु भए पनि उडान गर्नुपर्छ । अर्को कुरा अन्तर्राष्ट्रिय उडानमा हाम्रो आठ वटा गन्तव्य मध्ये मुम्बई बाहेक अन्यमा राम्रो अक्युपेन्सी छ । हालैको एउटा तथ्याङ्कले निजी कम्पनीको ती ठाउँमा ७० दशमलव प्रतिशत रहेछ भने निगमको ७० दशमलव ५ प्रतिशत । त्यसकारण अहिले नै हामी निजी कम्पनीभन्दा राम्रो गरिरहेका छौं ।

० सार्वजनिक लेखा समितिले ३ महिना भित्र रणनीतिक साझेदार नियुक्त गरिसक्नु भनी पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । रणनीतिक साझेदार नियुक्तको कामलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

रणनीतिक साझेदार भित्र्याउने कुरा अलि जटिल छ । यसका लागि हाम्रो व्यवस्थापनले आफ्नो धारणा सञ्चालक समितिमा पेश गरिसकेको छ । त्यहाँबाट पनि यो नेपाल सरकारको स्वामित्वको कम्पनी भएकोले यसको निर्णय गर्ने जिम्मा पर्यटन मन्त्रालयमा पुगेको छ । त्यहाँ यस विषयमा निर्णय गर्न सहसचिवको नेतृत्वमा एउटा समिति बनेको छ । निगमबाट पनि त्यसमा दुईजना सहभागी हुनुहुन्छ । नेपाल सरकारको मेशिनरी भित्र रणनीतिक साझेदार भित्रयाउने कुरा पहिलो पटक छलफलमा छ । अब नयाँ जहाज खरीद र रणनीतिक साझेदार एकै समयमा आउने भन्ने कुरा अहिल्यै भन्न सकिँदैन । रणनीतिक साझेदार आए पनि नआए पनि हामी अगाडि बढ्नुपर्छ । आए राम्रो तर यो सजिलो विषय छैन र उसले नाफामा होइन, आयमा मलाई हिस्सा चाहिन्छ भन्यो भने त्यसले त हामीलाई फाइदा दिँदैन । अर्को कुरा, नेपालको निर्णय गर्ने काम अति ढिला हुने भएकोले के हुन्छ अहिले भन्न सकिँदैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।