logo

नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्नु गैरकानुनी हुने व्यवस्था लागु

    1491   पटक पढिएको

२७ मंसिर /अर्थ र व्यापार  - नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्दा जेल जानुपर्ने भएको छ । सरकारले सो दरका नोटहरु नेपालमा बोक्नु गैरकानूनी हुने व्यवस्था लागु गरेको छ । मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले सो निर्णय गरेको सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालमा भारतीय १०० दरको नोटमात्र बोक्न पाइन्छ,अन्य दरका नोट नपाइने भएको हुँदा यो निर्णय गरिएको हो, बास्कोटाले मन्त्रीपरिषद्को बैठकको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भने ।यसभन्दा अगाडि ५०० र १००० दरका नोट बोक्न नेपालमा प्रतिबन्ध थियो । कतिपय व्यक्तिले यही नोट बोकेको आरोपमा जेल समेत जानु परेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउदा ५०० र १००० दरको नोट बोक्न दिने निर्णय भएको थियो ।

तर,नरेन्द्र मोदीले ५०० र १००० दरको नोट प्रतिबन्ध लगाएपछि नेपालमा रहेको नोट भने साटिएको थिएन । भारत सरकारले अहिले २००,५०० र २००० को दरको नोट प्रचलनमा ल्याएको छ । नेपालको व्यापार भारतसँग हुने र बैदेशिक रोजगारीमा जाने नेपालीले सो दरका नोट बोक्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।