logo

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

गन्तव्य रिभरफनकै रुपमा रिसोर्टलाई विकास गरिँदै

    2027   पटक पढिएको

६ फाल्गुन / अर्थ र व्यापार- कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ । नदिमाथि यति लामो जीपलाईन सञ्चालनमा आएको यो एशियाकै दोस्रो भएको रिसोर्टले जनाएको छ । रिभरफन बिच रिसोर्ट काठमाडौंवाट ९९ किलोमिटर दुरीमा बट्टार,कुरिनघाटमा त्रिशुली नदि किनारमा अबस्थित छ । 

जीपलाईनमा एकैपटकमा दुई जना सम्मले यात्रा गर्न सक्नेछन । ४ सय ६१ मिटर लामो जीपलाईन ३५ सेकेन्डमा पार गर्न सकिने र यसमा यात्रुहरुले बेग्लै रोमाञ्चकारी अनुभव गर्न सक्ने रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले अर्थ र व्यापारलाई बताए । आगामी २०७८ बैशाखदेखि जीपलाईन सञ्चालनमा ल्याउने तयारी रहेको अधिकारीले वताए ।

करिब ४ करोडको लगानीमा रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याउन लागिएको हो । जीपलाईनको सुरुवात विन्दुमा बन्ने टावरमा रेष्टुरेण्ट,कफी शपका साथै भ्यु प्वाईन्ट समेत बनाईनेछ । त्यस्तै जीपलाईनको अन्तिम विन्दुमा पनि रेष्टुरेण्ट रहनेछ । 

रिभरफन बिच रिसोर्टलाई “गन्यव्य रिभरफन”कै रुपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा सुविधाहरु थप गरिएको प्रबन्ध निर्देशक अधिकारीले वताए । रिसोर्टमा १५० मिटर लामो स्काईरोप साईक्लिङ, अप्टिकल एण्ड रोप कोर्स लगायतका थप सेवाहरु पनि थप गरिएको छ । रिभरफनमा पर्यटकहरुलाई समग्र पर्यटन प्याकेज उपलब्ध गराउने रिसोर्टको योजना रहेको अधिकारीले वताए ।

“कोरानापछिको पर्यटन बजार र स्वदेशी तथा विदेशी सवै उमेर समुह र वर्गका पर्यटकहरुलाई लक्षित गरेर रिभरफन बिच रिसोर्टमा विभिन्न सेवाहरु थप गर्ने योजना बनाईएको हो”–रिसोर्टका निर्देशक राजन सिम्खडाले भने ।  पर्यटन क्षेत्रमा यो पूर्वाधारमा लगानी गर्ने समय हो, हामी पर्यटकहरुलाई अझ विशेष सेवा दिन तयार भएर बसेका छौं भन्ने सन्देश दिन पनि रिसोर्टमा विभिन्न आकर्षणहरु थप गरिएको सिम्खडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।