logo

उखु किसानको काठमाडौं केन्द्रित आन्दोलन सुरु, भन्छन्- 'माफियाको गुलियोमा सरकार भुलियो'

    1817   पटक पढिएको

२८ मंसिर/अर्थ र व्यापार– उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको माग गर्दै आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका छन् ।

गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा उखु किसान सङ्घर्ष समितिले माइतीघर मण्डलामा आन्दोलन थालेको हो ।

उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् । उखु किसानको आन्दोलनलाई विवेकशील साझा पार्टीले आफ्नो साथ तथा समर्थन रहेको जनाएको छ ।

उखु किसानको काठमाडौं केन्द्रित आन्दोलन अन्र्तगत किसानहरुले मंसिर २५ गतेदेखी माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिंदै आएको थियो । 

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले माइतिघर मण्डलाको शान्तिपूर्ण धर्नालाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोनमा उत्रिनुपरेको जानकारी दिए । 

मिश्रले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत सिंहदरबार र बालुवाटार घेराउसम्मकोे तयारी गरिएको बताए ।

जारी आन्दोलनमा उखु किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरेका छन् ।

सरकार र उखु किसानबीच यसअघि पटक–पटक वार्ता भएको थियो । सरकारले किसानसंग गरेको वाचाअनुसार बर्षदिन भईसक्दा पनि किसानले बक्यौता रकम पाएका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ तिर्न बाँकी छ । त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ । 

सरकारको वीरगन्ज चिनी कारखाना सञ्चालनमा हुँदा किसानले ४० प्रतिशत अग्रिम भुक्तानी पाउँथे ।
गत पुसमा पनि उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए । पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो ।

सरकारले किसानसँग पटक–पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा जानुपर्ने अवस्थामा पुगेको किसानहरुले बताएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।