logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने

    1139   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए ।

विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तराष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ । एयर ट्राफिक घटाउन गत जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थलको सञ्चालन समय १८ घन्टाबाट बढाएर २१ घन्टा बनाइएको थियो । विमानस्थलको सञ्चालन समय बढाएसँगै एयर ट्राफिकमा कमी आउँदा यात्रुले सहज महसुस गरेका थिए । तर, फेरि विमानस्थलको सञ्चालन समय १४ घन्टामा खुम्चेपछि आकाशमा विमान घुमिरहनुपर्ने अवस्था निम्तिन सक्ने देखिएको छ ।

त्यसैले नेपालमा पर्यटकीय मौसम सुरु हुने समयमा विमानस्थलको सञ्चालन समय कटौती हुँदा त्यसको चाप उडानहरूमा पर्नेछ । एयर ट्राफिकको समस्या फेरि बल्झन गएमा त्यसले पर्यटकमा नकारात्मक छाप पर्ने नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले बताए । विमानस्थलले अप्रिल १ अर्थात् चैत १८ गतेदेखि लागू हुने गरी नयाँ तालिका स्वीकृति गरिसकेको छ । नयाँ तालिकाअनुसार कनेक्टिङ फ्लाइटको तालिका नमिल्ने केही विमान कम्पनीहरूले आफ्नो नेपाल उडानका केही संख्या कटौती गरिसकेका छन् । उडान हुने समयको चाप र विमानस्थलको क्षमतालाई ध्यान दिएर सकेसम्म बढी उडानको तालिका मिलाएको त्रिभुवन विमानस्थले जनाएको छ ।

उडानको सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर उडानको संख्या निर्धारण हुने गरेकाले केही उडान बाध्य भएर कटौतीमा परेको विमानस्थलले जनाएको छ । विमानस्थलको उडान अवधि नै छोटिएपछि आन्तरिक र अन्तराष्ट्रिय सेवाका केही उडान स्वाभाविक रूपमा कटौतीमा गएका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।