logo

यसरी चल्छ पर्यटकको उद्धारका नाममा ठगी धन्दा

    2589   पटक पढिएको

३१ जेष्ठ / अर्थ र व्यापार-नेपालमा सन २०१४ को मध्यतिरवाट पर्यटकहरुको उद्धारका नाममा ठगीधन्दा चल्ने गरेको ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व पदाधिकारीहरु वताउँछन । सुरुसुरुमा पर्यटकलाई उद्धार गर्दा उनीहरुको सम्बन्धित देशको बीमा कम्पनी वाट मोटो रकम हात पर्ने देखेपछि रातारात धन कमाउन चाहने व्यवसायिहरु त्यतातर्फ आकर्षित भएको पाईन्छ । 

पदयात्रा तथा पर्वतारोहणमा जाँदा लेक लाग्ने तथा अन्य कारणवश समस्यामा परेका पर्यटकलाई उद्धार गर्नु जायज भएपनि पछि उद्धारकै नाममा ट्रेकिङ कम्पनी,हेलि चार्टर कम्पनी,ट्राभल,हेलिकोप्टर कम्पनी,बीमा कम्पनीका नेपालस्थित प्रतिनिधिहरु र केहि हस्पिटलहरुको मिलिमतोमा ठगी धन्दा चलाईएको पर्यटन व्यवसायिहरु नै वताउँछन । त्यसपछि त नेपालको पदयात्रा पर्यटनमा गाईड,पाईलट र पदयात्रा क्षेत्रका केहि होटल सञ्चालकहरुको मिलोमतोमा ठगीधन्दा चलाईयो । पदयात्रा,पर्वतारोहणमा जाँदा गाईडले पर्यटकलाई हेलिकोप्टर उद्धारका लागी प्रोत्साहित गर्ने, होटल सञ्चालकको मिलिमतोमा खानामा सोडा वा अन्य विशाक्त पदार्थ मिसाएर खुवाई पर्यटकलाई जर्वजस्ती विरामी पारेर उद्धार गर्ने गरेको पाईएको पनि एक ट्रेकिङ कम्पनीमा कार्यरत गाईडले अर्थ र व्यापारलाई वताए । 

यस्तो काममा विशेषगरि उक्साहट र विदेशी बीमा कम्पनीसंगको “डिल” ट्राभल एजेन्सि सञ्चालक,हेलिकोप्टर सञ्चालक र रेस्क्यु कम्पनी सञ्चालकहरुले गर्ने गरेको अर्थ र व्यापारले गरेको अध्ययनमा देखिएको छ । एउटा उद्धारकै विदेशी विमा कम्पनीसंग बिसौं हजार अमेरिकी डलर माग गर्दै यहाँ बाँड्ने धन्दा चलेपछि विदेशी बीमा कम्पनीहरुले नेपाल आउने पर्यटकको बिमा शुल्क वृद्धि गर्न थाले । त्यसको सिधा असर नेपाल आउने पर्यटकको संख्या घट्न पुग्यो । त्यसपछी मात्र नेपालमा पर्यटन मन्त्रालय र सरोकारवालाहरुले रेस्क्यु धन्दा बारे जानकारी पाएको पर्यटन मन्त्रालयका एक पूर्व सचिवले वताए ।

त्यतिवेला सम्म नेपालमा उद्धारका धन्दावालहरुले करोडौं रुपैयाँ कमाईसकेको र उनीहरुले मन्त्रालयका कर्मचारी र यदाकदा मन्त्रीहरुसम्मै राम्रो सेटिङ मिलाईसकेको आँफुले देखेको ति सचिवले अर्थ र व्यापारलाई वताए । केहि वर्ष अगाडी देखि ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का अध्यक्ष तथा पदाधिकारीहरुले यस विषयमा कुरा उठाएको भएपनि उद्धार धन्दावालहरुको सेटिङका कारण कार्वाहि सम्भव भएको थिएन । 

एक हेलिकोप्टर्स कम्पनीका सञ्चालकले दिएको जानकारी अनुसार केहि हेलिकोप्टर कम्पनीहरुले यहि धन्दा चलाउनका लागी हिमाली क्षेत्रका होटलहरुमा केहि प्रतिशत सेयर हाल्ने समेत गरेका थिए । त्यसवापत पर्यटकलाई विरामी बनाउने धन्दामा होटल मालिकलाई प्रयोग गर्ने गरेको ती हेलिकोप्टर सञ्चालकले वताए । त्यसो गर्दा आँफुहरुलाई वजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको पनि उनले वताए । एक जना पर्यटकलाई हेलिकोप्टरमा उद्धार गराएवापत होटल सञ्चालकले दुई लाख रुपैयाँ सम्म कमिसन लिने गरेको अर्थ र व्यापारलाई जानकारी प्राप्त भएको छ ।

विदेशी विमा कम्पनीवाट प्राप्त रकम सवैले वाँड्ने क्रममा हिसाव किताव नमिलेपछि उद्धार कम्पनी र ट्रेकिङ कम्पनी विच झगडा पर्ने गरेको र पर्यटक प्रहरीसम्म उजुरी पनि पर्ने गरेको देखिएको छ । तर पर्यटक प्रहरीले यस विषयमा खासै अध्ययन गरेको देखिएन । विमा कम्पनी वाट आएको रकममा हिसाव नमिलेपछि धन्दावालहरु विच नै एकले अर्कोलाई सुराकी गर्ने क्रम सुरु भएपछि यो विषय सार्वजनिक भएको टानका एक पूर्वअध्यक्षले वताए ।

सन २०१६–१७ सम्म आईपुग्दा उद्धार धन्दामा सक्रिय कतिपय ट्रेकिङ कम्पनी र हेलिकोप्टर कम्पनीले करिव अर्वौ रुपैयाँ कमाएको र त्यो पैसा विदेश पठाएको समेत एक पर्यटन व्यवसायिले वताए । पर्यटन व्यवसायमा आएको केहि वर्षमै करोडौं कमाएका व्यवसायिहरुले राजनीतिक संरक्षण खोज्दै हिँडेको र आफ्नो धन्दा चलाईरहको पर्यटन व्यवसायिहरु नै वताउँछन ।
यता राजधानीमा सञ्चालित कतिपय हस्पिटलहरुले एक दिनकै तीन लाख सम्म पर्यटकसंग असुल्दै आएका थिए । तीन रात राख्दा आठ,दश,बाह्र र बीस लाख सम्मको विल आउने गरेको एक ट्रेकिङ व्यवसायि वताउँछन । 

तर वर्तमान सरकारमा रविन्द्र अधिकारी संस्कृति,पर्यटन तथा नागरिक उड््ड्यन मन्त्री बनेपछि उनले सन २०२० मा वीस लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षि योजना ल्याए । उनको यो महत्वाकांक्षी योजना पुरा गर्न नेपालमा पर्यटक उद्धारको नाममा भईरहेको धन्दा रोक्न केहि पर्यटन व्यवसायिहरुले सुझाव दिएको जनाएका छन । “नेपालमा पदयात्राका नाममा यस्तै धन्दा चलिरहे विदेशी विमा कम्पनीहरुले गर्ने ट्राभल ईन्सुरेन्सको मुल्य वृद्धिले बीस लाख त के उल्टो अहिले भईरहेको पर्यटक आवागमन पनि घट्ने देखिन्छ”–मन्त्रीलाई आफुँले वताएको एक बरिष्ठ पर्यटन व्यवसायिले वताए । 

गत जेष्ठ १६ गते संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालका केहि गलत व्यवसायिका कारण विश्वभर गलत सन्देश गएको वताएका थिए । “हिमालमा पर्यटकलाई बिरामी पारेर हेलिकोप्टर र हस्पिटलको पनि व्यापार गर्ने केहि व्यवसायिहरुका कारण विश्वभर नेपालको बारेमा गलत सन्देश गईरहेको छ,कसैसंग कसैको सम्बन्ध छ भनेर कसैलाई छोडिँदैन”–गलत काम गर्ने व्यवसायि जेल जानुपर्छ,मन्त्री अधिकारीले भनेका थिए । 

त्यसलगत्तै जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड््यन मन्त्रालयले  मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटक उद्धारका नाममा हुने ठगी सम्बन्धि छानविन गर्न एक कार्यदलको गठन गरको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।