logo

पर्यटकलाई बिरामी पारेर हेलिकोप्टर र हस्पिटलको पनि व्यापार गर्नेहरुलाई जेल हाल्ने पर्यटनमन्त्रीको घोषणा

    31088   पटक पढिएको

१७ जेष्ठ / अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालका केहि गलत व्यवसायिका कारण विश्वभर गलत सन्देश गएको वताएका छन । “हिमालमा पर्यटकलाई बिरामी पारेर हेलिकोप्टर र हस्पिटलको पनि व्यापार गर्ने केहि व्यवसायिहरुका कारण विश्वभर नेपालको बारेमा गलत सन्देश गईरहेको छ,कसैसंग कसैको सम्बन्ध छ भनेर कसैलाई छोडिँदैन”–गलत काम गर्ने व्यवसायि जेल जानुपर्छ,मन्त्री अधिकारीले भने । 

यसअघि नेपालमा फस्टाएका गलैंचा र कार्पेट उद्योगको विश्वभर बालश्रमका कारण नकारात्मक प्रचार भएको कारण ध्वस्त भएको उदाहरण दिँदै मन्त्री अधिकारीले स्वच्छ व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरे । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा नेपाली घर होटलको उद्घाटन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन । 

काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थित यस होटलमा नेपालीकला र संस्कृतीको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रबद्र्धन गर्ने उदेश्यले ग्रामीण भेगका महिलाहरुले तयार गरेका उत्पादनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको उनले बताए ।

होटलमा आरामदायी कोठा, द्रुतगतिमा चल्ने वाइफाई सुबिधा, फिटनेस सेन्टर, मिटिङ हल र रेस्टुरेन्ट छ । होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । उनका अनुसार हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा रहेका छन् । यी सबै कोठा परम्परागत नेपाली कलाले बिशेष रुपमा सजिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।