logo

तेस्रो साकोस शिखर सम्मेलन सुरु

    1115   पटक पढिएको

२४ जेष्ठ / अर्थ र व्यापार- बचत तथा ऋण सहकारी संस्था (साकोस) शिखर सम्मेलन विहिवारवाट काठमाडौंमा सुरु भएको छ । वित्तिय समावेशीकरणमार्फत् जनताको जीवनस्तरमा आवश्यक परिवर्तन ल्याउने गरी भावी योजना तय गर्न तेस्रो साकोस शिखर सम्मेलन काठमाडौंमा सुरु भएको हो ।

शिखर सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अभियानमा सहभागी हुन सबैलाई एकताबद्ध भएर अघि बढन आह्वान गरे । उनले समृद्धिको अभियानलाई शिखरमा पु¥याउन वेगवान गतिका साथ अघि बढन सरकार प्रतिबद्ध रहेको वताए । कार्यक्रममा पोखरेलले मुलुकलाई समृद्ध बनाउन नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्न आवश्यक रहेको वताए ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सहकारी ऐनलाई संशोधन गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक बहसमा सहभागी हुन पनि सहकारीकर्मीहरुलाई सचेत गराए । मन्त्री तामाङले सहकारीकर्मीहरुले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।