logo

१६ करोड ठगी मुद्दा लागेका बहालवाला राज्यमन्त्री रावलको सम्पत्ति रोक्का

    1352   पटक पढिएको

२१ कात्तिक / अर्थ र व्यापार - क्याम्पसको १६ करोड रुपैयाँ ठगीको आरोप लागेका सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति रोक्का भएको छ ।
समपत्ति शुद्धिकरण अनुसन्धान विभागले रावलविरुद्ध परेको उजुरीका आधारमा छानबिन सुरु गरेपछि उनको सम्पूर्ण सम्पत्ति रोक्का गर्नका लागि एक टोली पठाएको थियो । टोलीले बुधबार सम्पत्ति रोक्का गरी बिहीबार काठमाडौं फर्किएको छ ।

महेन्द्रनगरको जनज्योति क्याम्पसका सेयर सदस्य समेत रहेका रावलसहित ३६ जना विरुद्ध गत साउन महिनामा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो । जसमा ठगी र कागजात कीर्ते गरेको उल्लेख गरिएको थियो ।रावल क्याम्पसका पूर्वअध्यक्ष समेत हुन् ।

रावलविरुद्ध भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत १० जनाले गत साउन ७ गते ठगी र कागजात कीर्ते गरेको सम्बन्धि मुद्दा दर्ता गरेका थिए ।
रावल कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रदेश सभा (क)बाट तत्कालिन नेकपा एमालेबाट निर्वा्चित भएका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।