logo

पर्यटन क्षेत्रमा २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्न टानको अनुरोध

    1851   पटक पढिएको

४ बैशाख / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पु¥याएको हुँदा सन् २०२० मा पर्यटनसंग सम्बन्धित व्यवसायहरु सहज रुपमा सञ्चालन हुन कठीन हुने हुँदा बैंक व्याजलाई न्यूनिकरण गरि व्याज २ प्रतिशतमा हुने गरि पुर्नकर्जाको व्यवस्था मिलाउन सरकार संग अनुरोध गरेका छन । साथै उक्त ऋण २ वर्ष भित्र तिर्नुपर्ने व्यवस्था मिलाइदिन समेत सुवेदीले आग्रह गरे ।

अर्थ र व्यापार संग कुरा गर्दै टान अध्यक्ष सुवेदीले सरकारले कृषि क्षेत्रमा ५ प्रतिशत व्याजमा ऋण लगानी सहुलियको व्यवस्था गरेको जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियतको व्यवस्था गरिदिन अनुरोध गरे । त्यसैगरि अहिलेको समयलाई सदुपयोग गरी पदयात्रा तथा पर्वतारोहणका मजदुर तथा सहयोगीहरुलाई रोजगारी सिर्जना गर्न ट्रेकिङ ट्रेल मर्मत तथा  विभिन्न हिमालहरुको सरफाई गर्न सकिने वताए ।

टानका अध्यक्ष सुवेदीले नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्र्तगतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए । पर्यटन बोर्डको नेतृत्वमा पर्यटन क्षेत्रका सम्पूर्ण मजदुरहरुका हितको लागि राहत कोषको पनि व्यवस्था मिलाइ दिनउनले अनुरोध गरेका छन ।

त्यसवाहेक वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै ट्रेकिङ व्यवसायीहरुलाई विना धितो पनि कर्जा प्रवाह गरिनुपर्ने आवश्यकता रहेको सुवेदीले वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।