logo

कम्पनी छनौटको काममा ढिलाईले स्मार्ट लाइसेन्स छपाईमा चलखेल आशंका 

    1512   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने टेन्डरको अन्तिम म्याद सकिएको २ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीलाई एलओआई (लेटर अफ इन्डेन्ड) दिएको छैन । 

कम्पनी छनौटको काम २ महिना सम्म पनि हुन नसक्नु आर्थिक चलखेलको लागी हुनसक्ने विभागकै कर्मचारीहरुको भनाईले शंका उत्पन्न भएको छ ।

१४ लाख थान स्मार्ट लाइसेन्सको छपाईका लागि असार २९ गते  आह्वान गरेको ग्लोबल टेन्डरमा बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ ३० गते सकिएको थियो । 

कागजात अध्ययनको नाममा २ महिनासम्म पनि प्रक्रिया नटुंयाउनु भनेको चलखेलका लागि भएको विभागकै कर्मचारीको भनाई छ । 

यसअघि विभागले विद्युतीय पासपोर्टजस्तो जटिल टेन्डरको प्रक्रिया पनि बोलपत्र आह्वान गरेको एक सातामै टुंगो लगाइएको थियो । असोज २९ गते बोलपत्र पेश गर्ने अन्तिम मिति रहेकोका कात्तिक ५ गते फ्रान्सको आइडेमिया कम्पनीलाई एलओआई दिइएको थियो । 

स्मार्ट लाइसेन्स छपाईका लागी मद्रास सेक्युरिटी प्रिन्टर्स भारत, सेल्प एसएसए, फ्रान्स र मलेसियन कम्पनी आइरेस गरी ३ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।  

मद्रास सेक्युरिटी प्रिन्टर्सले अघिल्लो ३ पटकसम्मको स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी पाएको थियो । 
मद्रास सेक्युरिटी प्रिन्टर्सले १.०१ डलर प्रतिकार्डको दरमा छपाई गर्ने जनाएको छ । भने सेल्पले एउटा कार्डको ०.८० डलर तथा आइरेसले ०.५९ डलरमा छपाई गर्नेगरी बोलपत्र पेश गरेका छन् । 

टेन्डरको छनौट गर्न गठित समितिले तीनवटै कम्पनीले उपलब्ध गराउने लाइसेन्सको नमुना छपाइ परीक्षण समेत गरिसकेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले बोलपत्रदाता कम्पनीहरुले पेश गरेको डकुमेन्ट अध्ययन गर्नुपर्ने भएकोले समय लागेको बताए ।

विद्युतीय लाइसेन्सको टेन्डर प्रक्रिया अरु अन्तर्राष्ट्रिय बोलपत्रजस्तो जटिल प्रक्रिया नभएको जानकारहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।