logo

शिवम् सिमेन्टको ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्रि आजदेखि खुल्ला

    830   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार - शिवम् सिमेन्टले फागुन ६ गते सोमबारदेखि शेयर निष्काशन खुल्ला गरेको छ । कूल ४६ लाख ९९ हजार ६४० कित्ता शेयरमा सामुहिक लगानी कोषहरु र शिवम् सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाइ ४१ लाख २० हजार कित्ता र मकबानपुरबासिका लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री खुला भएको हो ।

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमित प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिने व्यवस्था छ ।

आयोजना प्रभावितले भने मकवानपुरबासी रहेको यकिन हुने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि आश्वा प्रणाली मार्फत निवेदन गर्न सक्नेछन् । शिवमले यसअघि तोकेको प्रिमियम घटाएर सर्वसाधारण र स्थानीयका लागि आईपिओ निष्काशन खुला गरेको हो । सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपिओ आवश्यक माग परेमा छिटोमा फागुन ९ गते नै निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताको आवेदन नपरेको खण्डमा अन्तिम म्याद चैत ५ गतेसम्म खुला रहनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।