logo

वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स भारतीय लगानीकर्ताले किन्ने पक्कापक्की

    1312   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - भारतीय लगानीकर्ताहरुले नेपालको सौर्य एयरलाइन्स किन्ने भएका छन् । विमानस्थलको बक्यौता र बैंकको ऋण तिर्न नसकेपछि वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री हुने भएको हो । बैंकको ऋणको सावाँ र ब्याज, विमास्थलको सेवा शुल्क र कर्मचारीको तलबसहित सौर्यले करिब ७० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ । तर, सौर्य एयरका लगानीकर्ताहरुले यो रकम भुक्तानी गर्न सकिरहेका छैनन् ।

स्रोतका अनुसार सौर्य एयरलाइन्समा भारतीय लगानीकर्ता आउने लगभग पक्कापक्की जस्तो भएको छ । अहिलेको लगानीकर्ताले भारतीय लगानीकर्ताललाई सेयर दिएर संयुक्त लगानीमा कम्पनी चलाउने प्रस्ताव गरेको छ । तर, केही विषय भने मिल्न बाँकी रहेको छ ।

सौर्य एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ४ करोड रुपैयाँ सेवा शुल्क नतिरि दुई महिनाअघि उडान बन्द गरेको थियो । त्यस्तै १८ करोड रुपैयाँ सावाँ र त्यसको ब्याज भुक्तानी गर्न नसकेपछि गत पुस २७ गते जनता बैंकले ऋणीलाई ऋण चुक्ता गर्न आउनका लागि ३५ दिने सूचना निकालेको थियो । फागुन २ गते ३५ दिने सूचनाको समयावधि सकिएको छ । दीपक खरेल सहित १५ जनाको नामसहित बैंकले सूचना जारी गरेको थियो ।

त्यसैगरी, सौर्य एयरले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको ३५ करोड ऋण र त्यसको ब्याज पनि तिर्न सकेको छैन । इन्भेष्टमेन्ट बैंकले पनि ऋण भुक्तानी गर्न आउने सूचना निकाल्ने तयारी गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।