logo

रैराङ्ग हाइड्रोपावरद्वारा ७४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन

    824   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - रैराङ्ग हाइड्रोपावरले गत वर्षको तुलनामा यस गत वर्षको पुस मसान्तमा खुद नाफा ५९८.७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा १० लाख ६३ हजार नाफा आर्जन गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । यस अवधिमा हाइड्रोको विद्युत बिक्री मार्फतको आम्दानी घटेपनि अन्य स्रोत मार्फत आम्दानीले नाफा बढाएको देखाएको हो । गत वर्ष विद्युत बिक्री मार्फत् १७ लाख १६ हजार आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ लाख ६७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । त्यस्तै अन्य स्रोत मार्फत् हाइड्रोले ६५ लाख ८३ हजार आम्दानी गरेको छ । गत वर्ष २ लाख ३२ हजार आयोजनामा खर्च खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाख १७ हजार खर्च गरेको छ भने प्रशासनिक खर्च स्वरुप ३५० रुपैयाँ मात्र खर्च गरेको छ ।

त्यस्तै गत वर्ष ४ लाख २० हजार ब्याज खर्च गरेकोमा त्यसलाई व्यवस्थापन गर्दै ३ लाख ४२ हजार रुपैयाँमा सीमित बनाएको छ भने एक लाख ६० हजार ह्रास कट्टी बापतको खर्च गरेको छ । यस अवधिमा हाइड्रोले चुक्ता पूँजी १७.६५ प्रतिशतले बढाएर ४७ करोड ६० लाखबाट ५६ करोड पुर्याएको छ भने जगेडा कोषमा उत्कृष्ट सुधार गरेको छ । गत वर्ष ७२ लाख ४ हजार ऋणात्मक रहेको जगेडा कोषमा समीक्षा अवधिसम्ममा ३८ लाख ९२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

रैराङ्ग हाइड्रो पावर कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा पनि प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात पनि गलत तवरबाट गणना गरेको छ । यस विवरणमा कम्पनीले वित्तीय विवरणमा दोस्रो त्रैमासिकमा कायम भएको १.३३ पैसा प्रतिशेयर आम्दानीलाई प्रथम त्रैमासको जसरी वार्षिकीकरण गरेर ५ रूपैयाँ ३१ पैसा देखाएको छ । तर कम्पनीको वास्तकि प्रतिशेयर आम्दानी भने वार्षिक २ रुपैयाँ ६५ पैसा कायम हुने देखिन्छ । गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५ पैसा रहेको थियो । नाफा बढेसँगै कम्पनीको इपिएस भने बढेको हो । कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ र हाइड्रोको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७० पैसा छ ।

प्रतिशेयर आम्दानी गणना नै गलत तवरबाट निकाल्दा कम्पनीको मूल्य आम्दानी अनुपात पनि गलत बन्न पुगेको छ । वित्तीय विवरणमा कम्पनीमा मूल्यआम्दानी अनुपात दोस्रो त्रैमासिक अवधिमा ७४.६० गुणा उल्लेख गरेको छ । तर कम्पनीकै वित्तीय विवरणमा नै कम्पनीको शेयर पुस ३० गते अन्तिम पटक प्रतिकित्ता ९९ रुपैयाँमा कारोबार भएकाले यसको इपिइस २ रुपैयाँ ६५ पैसाका आधारमा पिइ रेसियो ४०.४१ गुणा मात्र बढी देखिन्छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।