logo

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित

    2107   पटक पढिएको

२३ जेठ/अर्थ र व्यापार- नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचत भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा कुल ५५८ सांसद मध्ये ३८८ मतका साथ देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । देउवाको विपक्षमा १७०  मत परेको थियो ।

संसद बैठकमा प्रधानमन्त्रका उम्मेदवार शेरवहादुर देउवाले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक रामचन्द्र पौडेल,विजय गच्छदार लगायत पाँच जनाले समर्थन गरेका थिए । नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउदै देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरियो । देउवा चौथो पटक मुलुकको ४० औ प्रधानमन्त्री बनेका हुन् । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले यसअघि तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी निभाइसकेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।