logo

जेक्याबबाट अनुमति पाएपछि नेपाल वायुसेवा निगमले काठमाडौं–जापान उडान गर्न पाउने

    775   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार  - जापान सिभिल एभिएसन ब्यूरोबाट उडान अनुमति पाएको ४५ दिनपछि नेपाल वायुसेवा निगमले जापान उडान गर्न पाउने भएको छ । निगमको जापान उडान अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउँदै उडानका लागि आवश्यक पूर्वाधार भने तयार भइसकेको जनाएको छ । हाल जापान उडानका लागि निगमबाट परिचालित कन्ट्री म्यानेजरले सबै व्यवस्था मिलाइसकेका छन् । अहिले जेक्याबले पठाइएको डकुमेन्ट अध्ययनको क्रममा छ । 

निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङ, लाइन मेन्टिनेन्स, इन्जिनियरिङ, क्याटरिङ, होटल र फ्युलिङको बन्दोबस्त भइसकेको छ । जापानमा निगमको सम्पर्क कार्यालय एक साता भित्रै तयार हुने बताइएको छ । 

जापानबाट नियमित उडान अनुमति पाएलगत्तै निगमसँग भएको दुई सय ७४ सीटे एयरबस ३३०मार्फत काठमाडौं–ओशाका उडान गर्नेछ । सुरुमा ओशाका उडान गर्न लागेको निगमले छिट्टै नारिता पनि उडान गर्न योजना बनाएको छ । निगमले दुई साताअघिनै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौं–जापान उडान अनुमति भने पाइसकेको छ ।      
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।