logo

नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ता दबाब समूहद्वारा तालाबन्दी

    1017   पटक पढिएको

१० चैत्र /अर्थ र व्यापार - आफुहरुले राखेको ३२ बुँदे मागको कुनै सुनुवाई नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा चैत १० गते आइतबार तालाबन्दी गरेको छ ।  शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो । बोर्डको नेतृत्व पूँजी बजारको सुधार र विस्तारप्रति गैर जिम्मेवार भएको आरोप उक्त समूहको छ ।

तालाबन्दीपछि लगानीकर्ताहरु बोर्ड परिसरमा शान्तिपूर्वक धर्नामा बसिरहेका छन् । शनिबार प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका दबाब समूहले आइतबारदेखि कडा आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले यसअघि बोर्डका अध्यक्ष डा. रेबत कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेर्ने कार्यक्रम घोषणा गरेकोमा सो परिवर्तन गरि बोर्डको कार्यालयमा तालाबन्दी गरेर दबाब सिर्जना गरेका हुन् । 

दबाब समूहका अध्यक्ष हरि ढकालले नियामक निकायहरुले आफूहरुको पूर्व घोषित माग पूरा नगर्दा कार्यतालिका अनुसार नै दबाबमूलक कार्यक्रम गरेको बताए। पूँजीबजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदामध्ये धेरै बुँदा कार्यान्वयनमा जान नसकेको, तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनको माग गर्दै बोर्ड कार्यालयमा तालाबन्दी गरेको उनले बताए । नियामक निकायमा रहेका विकृति र विसङ्गति विरुद्ध आफुहरुले निर्णयक आन्दोलन थालेको बताउँदै दबाब समूहका अध्यक्ष आम लगानीकर्ताहरुको साथ र सहयोग रहेने विश्वास व्यक्त गरे । आफुहरुले उठाएका ३२ बुँदे मागको सुरुवात नहुँदासम्म तालाबन्दी जारी रहने ढकालको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।