logo

यूएस बांगाला जहाजको दुर्घटनाले नाट्टा मर्माहत

भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न माग

    2093   पटक पढिएको

२९ फागुन / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हिजो फागुन २८ गते भएको यूएस बांगाला जहाजको दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको घटनाले स्तब्ध र मर्माहत भएको जनाएको छ । नाट्टाका अध्यक्ष सि.एन.पाण्डेद्वारा जारी विज्ञप्तिमा पर्यटन व्यवसायिहरु, बंगलादेशमा पढेर फर्किएका नेपाली विद्यार्थीहरु, स्वदेशी र विदेशी गरि ४९ जनाको दुःखद् निधन भएको र अन्य घाईतेहरु काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रहेकोमा दुःख व्यक्त गरिएको छ ।

हिजो भएको विमान दुर्घटनामा ढाकामा सम्पन्न यूएस बांगाला एयरलाईन्सको विशेष कार्यक्रममा सहभागी भएर फर्किएका पर्यटन व्यवसायि र ट्राभल एजेन्सिमा कार्यरत कर्मचारीहरु पनि परेको कारण नाट्टा थप मर्माहत भएको जनाईएको छ । नाट्टाले दुर्घटनामा परेर निधन भएका पर्यटन व्यवसायि लगायत सवैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समबेदना प्रकट गरेको छ । 

नाट्टाले उपचाररत पर्यटन व्यवसायि लगायत सवै घाईते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न र क्षति न्युनिकरणका उपायहरु अपनाउन नेपाल सरकार संग जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।