logo

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

    34119   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । श्रेष्ठ हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन । 

नेपालमा सुरुवात अवस्थामा पिस एण्ड हेभेन ट्राभल्स एण्ड टुर्स प्रा.लि. सञ्चालन गरि टुरिष्ट बसको सेवा प्रदान गरेका श्रेष्ठले सन १९९७ देखि हार्भेष्ट मुन सञ्चालन गर्दै आएका छन । ट्राभल व्यवसायमा ७५ जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिँदै आएका श्रेष्ठ नाट्टालाई आर्थिक रुपमा पारदर्शी बनाउन र नाट्टा भित्र राजनीतिक गतिविधिलाई रोक्न आँफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको वताउँछन ।

“म नाट्टामा निर्वाचित भएमा विभिन्न ठाउँ वाट स्रोत पहिचान गरि सवै सुविधा र एउटा सम्मेलन केन्द्र सहितको नाट्टाको आफ्नै अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टालाई आर्थिक रुपमा समृद्ध बनाउने योजना छ”–श्रेष्ठले भने । राज्यलाई गाली मात्र नगरेर राज्यसंग नै सहकार्य गरि निति निर्माण गर्दै नेपालमा सरकार र नीजि क्षेत्रको सहकार्यले मात्र नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिने उनको धारणा छ । राज्यसंग मिलेर निति निर्माण गर्दै पूर्वाधारहरुको निर्माण गर्न सके नेपालले पर्यटन क्षेत्रकै माध्यमवाट समृद्धि हाँसिल गर्नेमा उनी विश्वास राख्छन ।

नाट्टाका हरेक कार्यक्रमहरु जस्तै स्वर्ण महोत्सव तथा अन्य कार्यक्रमहरुमा आफ्नो कम्पनीले प्रमुख प्रायोजक भएर सहयोग गरेको तथा भुकम्पको समयमा समेत आँफुले नाट्टालाई प्रमुख सहयोग गरेको उनले वताए । त्यसैकारण अर्थ र व्यापार संग कुरा गर्दै श्रेष्ठले नाट्टामा निर्वाचित भएर गएमा  कोषाध्यक्षको रुपमा आँफुले नाट्टा वाट केहि नलिने र त्यो आफ्नै व्यक्तिगत ढंगले खर्च गर्ने वताए ।“मलाई नाट्टामा निर्वाचित भएर गएमा मलाई केहि लिनु छैन,नाट्टा र यसका सदस्यहरुको हितमा काम गर्दै नाट्टालाई समृद्ध नाट्टामा बदल्ने हाम्रो योजना हो”–श्रेष्ठले भने ।

आँफु नाट्टामा निर्वाचित भएमा टुरिष्ट बसपार्क निर्माण गर्न प्रतिवद्ध रहेको उनले वताए । सुरुवातमा आँफैले टुरिष्ट बस सञ्चालन गरेकोले टुरिष्ट बस सञ्चालकहरुको समस्या आँफुले राम्रोसंग बुझेको र त्यसलाई समाधानका लागी आँफु क्रियाशील हुने उनले वताए । त्यसवाहेक नेपालमा रहेका टुर अपरेटरहरुको अन्तर्राष्ट्रिय सञ्चाल विस्तारका लागी नाट्टाले हरेक वर्ष कम्तीमा उनीहरुलाई २ पटक विदेश लैजाने र सस्तोमा टिकट उपलब्ध गराउन आँफुले पहल गर्ने श्रेष्ठले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।