logo

अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशेष जोड दिन नाट्टाको आग्रह

    2459   पटक पढिएको

२१ माघ / अर्थ र व्यापार- नेपाल पर्यटन वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी लाई भेट गरि नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड दिन पर्यटन वोर्डलाई आग्रह गरेको छ । वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई बधाई दिन नाट्टाका निवर्तमान अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा गएको नाट्टा कार्यसमितिले सो धारणा राखेको हो ।

निवर्तमान अध्यक्ष पाण्डले नेपाल पर्यटन वोर्डलार्ई डिजिटलाईज्ड गराउनुपर्ने,हरेक प्रदेशका  उत्कृष्ठ प्रोडक्टहरुलाई प्रोत्साहन र प्रवद्र्धन गनुपर्ने तथा नेपाल पर्यटन वोर्डले मठ, मन्दिर निर्माणको साटो अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने वताए । भेटमा नाट्टाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आँफु निजी क्षेत्रको सिईओ भएको वताउँदै तत्कालिक भन्दा पनि दिर्घकालिन महत्वका विषयहरु ल्याउन संघ–संस्थाहरुलाई अनुरोध गरे । आफ्नो कार्यकालमा सिंगो नेपालको पर्यटन क्षेत्रमा देखिने गरि काम गर्ने उनले वताए । नयाँ वजेट वनाउँदा पर्यटन वोर्डले देशैभरी नयाँ पर्यटकिय गन्तव्य विकासमा विशेष जोड दिने उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।