logo

नाट्टा स्वर्ण जयन्तीको प्रभावका कारण सन २०१७ मा वढि पर्यटक नेपाल आएको नाट्टाको दावी

    1685   पटक पढिएको

३ पुस/अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आफ्नो स्वर्ण जयन्ती वर्षै भरी विभिन्न कार्यक्रमहरु गरी सम्पन्न भएको जनाएको छ । नाट्टाको स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रम उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नाट्टा स्वर्ण जयन्ती समारोहका संयोजक सि.एन.पाण्डेले स्वर्ण महोत्सवको मुख्य उद्देश्य सरकारले पर्यटनलाई भाषणमा  उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागु नभएकोले त्यसलाई व्यवहारमा लागु गराउने रहेको र त्यस दिशामा वर्षै भरी उल्लेख्य काम भएको वताए । पाण्डेले नाट्टाको स्वर्ण जयन्तीको अवसरमा भएका विभिन्न कार्यक्रम र विदेशी टुर अपरेटर्स हरु संग भएको छलफलको सकारात्मक असरका कारण सन २०१७ मा नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि भएको वताए ।

नाट्टाको स्वर्ण जयन्ती सम्पन्न भईसकेछि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले नेपालले सन २०३० सम्म ५० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्य राख्नुपर्ने र त्यसका लागी नेपाल सरकारले पर्यटकिय गन्तव्यमा लगानी गर्नुपर्ने वताए । आचार्यले नेपाल एयरलाईन्सले निकट भविष्यमा नै न्युनतम दश वटा जहाज मार्फत उडान गर्नु आवश्यक रहेको वताए ।  

कार्यक्रममा नाट्टाका महासचिव भिम प्रसाद पन्तले नाट्टा स्वर्ण जयन्तीको अवसरमा वर्षभरी गरिएका कार्यक्रमहरु वारे जानकार दिएका थिए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य कृष्ण अर्यालले विभिन्न पर्यटकिय गन्तव्यहरुमा स्थानिय निकायहरुले उठाउँदै आएको पर्यटन शुल्कको वारेमा छिट्टै निकास निकालिने वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।