logo

नाट्टाद्वारा नवनियुक्त पर्यटन सचिव अधिकारी समक्ष एघार बुँदे सुझाव पेश

    1871   पटक पढिएको

१० भाद्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) ले संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका नवनियुक्त सचिव केदार बहादुर अधिकारीलाई भेट गरि पर्यटन क्षेत्रमा गर्नुपर्ने कामहरुवारे सुझाव पेश गरेको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा नाट्टा प्रतिनिधिमण्डलले सचिव अधिकारीलाई एघार बुँदे सुझाव समेत पेश गरेको छ । अध्यक्ष पाण्डले सचिव अधिकारी समक्ष सुझावहरु पेश गरे । 

नाट्टाले दिएको सुझावहरुमा अन्तर्राष्ट्रिय वायू सेवा कम्पनीहरुको टिकेटिङ्ग गर्दा लाग्ने एनक्यु ट्याक्सलाई फेयरमा समायोजन गरि कुल ९% कमिशन ट्राभल एजेन्टसहरुलाई उपलब्ध गराउने गरि सम्बन्धित निकायलाई निर्देशन दिन र आवश्यक व्यवस्था गर्न,   डिजल इन्धन र एलपी ग्यासमा दिई आएको भ्याट फिर्तालाई निरन्तरता दिइनु पर्ने, टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्ने व्यवस्था गरिनुपर्ने, ईसेवा,आईएमईपे, खल्ती जस्ता दर्ता नगरि संचालनमा रहेका अवैध कंपनीहरुबाट भएका ई टिकेटिङ तुरुन्त रोक्नुपर्ने, तथा नेपाल आउन चाहने पर्यटकहरुका लागि अनलाईन भिसा उपलब्ध गराउने प्रावधान तुरुन्त शुरु गरिनु पर्ने उल्लेख छ ।

त्यसैगरि नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गर्ने व्यवस्था गरिनुपर्ने, बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माणकार्य यथाशिघ्र शुरु गरिनु पर्ने, नेपाल वायुसेवा निगमलाई १० वटा विमान खरिद गर्ने आवश्यक व्यवस्था मिलाई राष्ट्रिय ध्वजावाहकको छवीलाई उकास्दै यसलाई सबल बनाइनुपर्ने लगायतको सुझाव पेश गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।