logo

एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा मोहन गुरुङ नियुक्त

    1362   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नेपाली मूलका मोहन गुरुङ ३ वर्षको लागि नियुक्त भएका छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन् ।

गुरुङको पहल मा अमेरिकाको वाशिङ्गटन राज्यले नेपाली भाषालाई अंग्रेजी भाषापछि द्वितिय भाषाको क्रेडिट पाउने सुविधा प्रदान गरेको थियो । यो क्रेडिट १२ कक्षा सम्मको लागि मान्य हुन्छ । उनको आफ्नो योजनामा १२ कक्षासम्मको विद्यार्थीहरुले पढ्न, लेख्न र बोल्न सक्ने स्तरको स्कुल सन्चालन गर्ने, परिक्षा दिनको लागि परिक्षा केन्द्रको ब्यबस्थापन गर्ने, कम्युनिटी सेन्टरको ब्यबस्था, सानोतिनो ब्यापारको ब्यबस्थापन, वृद्धााश्रम सञ्चालन, बालबालिकालाई लागूपदार्थ तथा मानसिक रोगको रोकथामजस्ता बिषयहरुमा केन्द्रित हुने छ ।

चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन् । सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ ।

सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध रहेका उनी गुरुङ नेपाली जनसम्पर्क समिति वाशिङ्गटन च्याप्टरका पूर्व सल्लाहकार समेत हुन् । नेपाल सरकारबाट रामेछाप र उदयपुरमा गएको भूकम्पमा मानवीय सहायता गरे वापत गुरुङ सम्मानित भएका थिए। ३२ बर्षको इतिहासमा यो सम्मान प्राप्त गर्ने गुरुङ पहिलो नेपाली समेत हुन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।