logo

मिस टुरिजम–२०१७ को आवेदन खुल्ला

विजेताले पचास हजार नगद सहितका अन्य अवसर पाउने

    1119   पटक पढिएको

१८ कात्तिक÷अर्थ र व्यापार- प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी कात्तिक १८ गते “मिस टुरिजम–२०१७” को आयोजना गर्ने भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१७” को आयोजना गर्न लागिएको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।

यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागी भोलि भाद्र १९ गते सोमवार वाट असोज ६ गते शुक्रवार सम्म देशभर आवेदन खुल्ला गरिएको छ । “मिस टुरिजम–२०१७” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन ।

मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाईएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ । 


मिस टुरिजमको आवेदन खुल्ला भएको भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति राजेन्द्र प्रसाद सापकोटाले मिस टुरिजम नेपालको समग्र पर्यटन क्षेत्रको एउटा प्रडक्ट भएको वताउँदै मिस टुरिजमको विजेतालाई नेपालको पर्यटन क्षेत्रले पर्यटन प्रवद्र्धनमा लगाउनुपर्ने वताए । उनले मिस टुरिजमको विजेतालाई सम्मान स्वरुप नेपाल पर्यटन वोर्डले सद्भावनादुत नियुक्त गरेको वताए । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाले मिस टुरिजमलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताए । उनले अघिल्लो वर्ष भन्दा यस वर्ष मिस टुरिजमलाई अझ भव्य बनाउन समग्र पर्यटन क्षेत्र लाग्नुपर्ने वताए ।
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आँफुहरुले अघिल्लो वर्ष नै देखेको वताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने वताए । टानका पूर्व अध्यक्ष दिपक महतले आयोजकले मिस टुरिजम आयोजना सुरु गरेर निकै राम्रो कामको सुरुवात गरेको वताउँदै मिस टुरिजमको भुमिकालाई फराकिलो बनाउन समग्र पर्यटन क्षेत्र लाग्नुपर्ने वताए । नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्सालले मिस टुरिजमलाई नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि लानुपर्ने वताए । त्यसैगरी युवा पर्यटन व्यवसायि एवं नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडाले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रडक्ट रहेको वताउँदै देशभरका योग्य व्यक्तिहरु कोहि पनि यसमा छुट्न नहुने वताए ।
राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रडक्ट भएकोले यसलाई सफल पार्न समग्र पत्रकारहरुले सहयोग गर्ने वताए । कार्यक्रममा मिस टुरिजम–२०१६ ओरुषा थापाले आफ्नो अनुभव सुनाईन । कार्यक्रममा पर्यटन व्यवसायिहरु अञ्जन थापा,खुमबहादुर सुवेदी,आर.बि अधिकारी,पासाङ शेर्पा छेटुप तामाङ,शम्शेरजंग पराजुली लगायतको उपस्थिति रहेको थियो ।
मिस टुरिजम–२०१७ को सह–प्रायोजकमा अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि,बैकिङ पार्टनरमा एनआईसि एशिया बैंक लिमिटेड,ट्रेकिङ पार्टनरमा मकालु एड्भेञ्चर प्रा.लि र सहयोगी संस्थाहरुमा होटल पिनाकिनी,रिभरफन विच रिसोर्ट,काठमाडौं स्पा,सम्पदा गार्डेन रिसोर्ट,युनिक एड्भेञ्चर ईन्टरनेशनल र एसएमएस पार्टनरमा स्पारो रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।