logo

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

    1641   पटक पढिएको

२७ कात्तिक/अर्थ र व्यापार– मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागेको हो । त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने बताएको छ । 

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले आगामी महिना भित्रमा पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएकोे बताए । 

प्रवक्ता शाक्यले मङ्सिरसम्ममा त्रुटि सच्याउने सकिए पनि सुरुङमा पानी पठाउन थालेको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने भएकाले काठमाडौंमा पानी झार्ने मिति माघ मसान्तसम्म लाग्ने जानकारी दिए । 

मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने शाक्यले जानकारी दिए । शाक्यले पानी भित्र भरिएर केही दिन राख्दा कतै समस्या नदेखिए मात्रै पानी झारिने बताए । 

प्रवक्ता शाक्यले सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । 

शाक्यले दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको दुई वटा ट्याङ्की निर्माण भइसकेको बताए । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । 

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा सुरुङमा पानी पठाउने क्रममा ३० असारमा दुर्घटना भएको थियो । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने सवारीचालक राधाकृष्ण थापामगर अझै बेपत्ता छन् ।

आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीकोे ठेक्का रद्द भए पछी आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले जिम्मेवारी लिएको हो ।

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।