logo

जनताको जलविद्युत् कार्यक्रमको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको बिक्री गरिने

    1289   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - बिहीबार सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमकोे पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको बिक्री गर्ने भएको छ । नुवाकोटमा हालै मात्र शिलान्याश गरिएको सो आयोजनाको शेयर बिक्री गर्ने तयारी गरिएको हाइड्रो इलेक्ट्रिसीटी एण्ड इन्भेस्टमेन्ट लिमिटेडले जनाएको छ । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ ।

सरकारले अग्रिम सेयर बिक्रीका लागि धितोपत्र नियामावलीमा समेत संशोधन गरेको छ । आवश्यक कानूनी तथा अन्य प्राविधिक विषय मिलाउन अझै ३५ दिन लाग्ने भएकाले आगामी चैत ७ गतेदेखि अग्रिम सेयर बिक्री गरिने छ । सरकारले आइतबार मात्रै आगामी चैत ७ गतेदेखि शेयर बिक्री गर्ने जनाएको छ । चैतभित्रै त्रिशुली थ्रि बीको शेयर आउने र अरु आयोजनाको शेयर एक वर्षभित्र आउने जनाइएको छ । तर के कति मात्रामा सेयर बिक्री हुने भन्ने बारेमा भने छिट्टै निर्णय हुने जनाइएको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा नेपाल प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ ।

आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण(५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनामा नबिल बैकको अगुवाईमासह–वित्तीयकरणमार्फत ऋण लगानी भएको छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच ४ भदौ २०७५मा ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता भइसकेको छ । विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने छ । जनताको जलविद्युत अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सेयर आफूले किन्ने बताएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।