logo

आर्थिक अनियमितता र घोटालाका सम्बन्धमा महालेखा परीक्षकले तयार पारेको प्रतिवेदन आज सार्वजनिक हुँदै

    987   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार - महालेखा परीक्षकले बार्षिक बजेटको करिब आधार अंश बेरुजु रहेको तयार पारेको प्रतिवेदन आज सार्वजनिक हुँदै छ । महालेखा परीक्षक टंकमणि शर्माले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको प्रतिवेदन अपरान्ह ४ वर्ष सार्वजनिक गर्दै छन् ।

महालेखाले आज ५५ औं प्रतिवेदनमार्फत गत आर्थिक वर्षको खर्चलाई सार्वजनिक गर्ने छ । प्रतिवेदनले औंल्याएका कमी कमजोरीलाई सुधार गर्दै अर्को वर्ष बेरुजु कम गर्ने कम हुनुपर्नेमा त्यसलाई अबलम्बन भने गर्न सकिएको छैन् । महालेखाको प्रतिवेदले औल्याएकै विषयबाट पनि आर्थिक अनियमितता र घोटाला सार्वजनिक हुन्छ । गत वर्ष परीक्षकले औल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको कमजोरी कोट्याउँदा संसदको सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड अनियमितताको निष्कर्ष निकालेको छ ।

यो वर्ष पनि हालसम्म मेलम्ची आयोजनाले गरेको २५ अर्ब रुपैयाँमा सवा २ अर्ब अनियमितता भएको प्रतिवेदनमा स्पष्टै औल्याएको उल्लेख छ । यो विषयलाई पुष्टि गर्न सकिएको र सोही अनुसारको अनियमितता भएको छानविन गरेर आउने निष्कर्षपछि भने हालसम्मकै ठूलो घोटाला विकास निर्माणको रकममा भएको फेला पर्ने छ । वर्षेनी बढ्दै गएको सरकारी खर्चको अपारर्शी कारोबार र वित्तीय अनुशासन हिनताको कारण भएको अनियमित खर्च तथा भुक्तानी सहिरको विवरण प्रतिवेदनमा आउँदै छ । महालेखाले वर्षेनी चैत मसान्तभित्रै यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । महालेखा परीक्षकले तयार पारेको सोही प्रतिवेदन अनुसार देखको खर्च प्रणालीको अवस्था, वित्तीय अनुसाशनको लेबल र खर्च प्रणालीमा भएको नियमितताको चित्र यसले प्रस्तुत गर्ने छ ।

प्रतिवेदनले बेरुजुलाई अशुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की फस्र्यौटसहित ३ वर्गमा वर्गीकरण गरेर प्रतिवेदन तयार पार्ने गर्छ । कार्यालयले बेरुजु वर्गीकरण गर्दा असुल गर्नुपर्ने, बेरुजुमा हिनामिना, र मस्यौट, हानी नोक्सानी र अन्य अशुल गर्नुपर्ने गरी ३ समूहमा बडेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई पनि अनियमित भएको, प्रमाण तथा कागजात पेश नभएको, जिम्मेवारी नसारेको, शोधभर्ना नलिएको गरी चार समूआ र पेश्कीलार्य पनि कर्मचारी, मोबिलाइजेशन, प्रतितपत्र र संस्थागत गरी चारै समूहमा बाँडेर यसमा भएको वास्तविक खर्चको विवरण सार्वजनिक गर्ने गरेको छ ।

गत वर्ष २०७४ को प्रतिवेदनमा ५ खर्ब ८ करोड रुपैयाँको बेरुजु निष्किएको छ । जम्मा १७ खर्ब रुपैयाँमा भएको लेखापरीक्षणबाट कुल खर्चकै करिब एक तिहाई रकम बेरुजु निस्किएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बेरुजु बढेको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।