logo

अबको मुख्य ध्यान रोजगारी वृद्धि र उद्यमशीलता विकास :  पूर्व प्रम माधव कुमार नेपाल

    1816   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार-  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अव मुलुकको मुख्य ध्यान रोजगारी वृद्धि गर्नमा र उद्यमशीलता विकास गर्न हुनुपर्ने वताएका छन । अर्थ र व्यापार साप्ताहिकको छैठौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालले अव राजनितिक संरचनाहरु निर्माण भएको, संविधान निर्माण,निर्वाचन जस्ता सवै एजेण्डाहरु पुरा भएको वताउँदै अवको मुलुकको ध्यान पूर्वाधारको निर्माणमा हुनुपर्ने वताए ।


“यो मुलुकमा राजनीतिक नेताहरु भ्रष्टाचार वाट जोगिन जरुरी छ,कर्मचारीतन्त्रमा रहेको सेटिङमा गरिने भ्रष्टाचार अन्त्य हुनैपर्छ”–नेपालले भने । विकासका लागी ईमान्दारिता,कानुनको पालना,उचित अनुगमन प्रणाली र राम्रोलाई पुरस्कृत र नराम्रोलाई दण्ड दिने व्यवस्था आवश्यक रहेको उनको भनाई थियो । 

कार्यक्रममा बोल्दै पूर्व परारष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशशरण महतले कुनै पनि पार्टिले राज्य र पार्टी दुवै एकै किसिमले चलाउन नहुने वताए । निजि क्षेत्रले लगानी गरिसकेपछि प्रतिफलको लागी लामो समय कुर्न नसक्ने वताउँदै उनले आर्थिक विकासका लागी बाह्य र आन्तरिक लगानीको परिचालन गर्नुपर्ने वताए ।

अर्थ र व्यापार साप्ताहिकका प्रबन्ध निर्देशक तथा सम्पादक नविन काफ्लेले संविधान निर्माण पश्चात सम्पन्न सवै तहका निर्वाचनहरु पछि अव सिंगो देशको ध्यान आर्थिक विकासमा हुनुपर्ने वताए । काफ्लले त्यसका लागी नेपालको आर्थिक सम्बृद्धीको सम्भावना बोकेका क्षेत्रहरु जलविधुत,कृषि  पर्यटन लाई विशेष जोड दिनु आवश्यक रहेको वताए । युवा उद्यमी राजन सिंखडाले नेपालको आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार निर्माण भएको वताए । त्यसपश्चात निति निर्माण तहमा व्यापक सुधार गरे मात्र नेपालको पर्यटन क्षेत्रले गति लिन सक्ने वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया लगायतका राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको भन्ने गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको वताए ।

कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड कि नायव प्रमुख कार्यकारी अधिकृत डा.रविना देशराज श्रेष्ठ लाई अर्थ र व्यापार बैंकिङ अवार्ड, अर्थबाउण्ड एक्सपीडसन प्रा.लि का प्रबन्ध निर्देशक राजन सिंखडा लाई अर्थ र व्यापार बिजनेश ईन्नोभेसन अवार्ड, ईन्काउण्टर्स नेपाल डट कम प्रा.लि का प्रबन्ध निर्देशक ऋषि प्रसाद नेपाल लाई अर्थ र व्यापार पर्यटन अवार्ड, लाईफ हिमालय ट्रेकिङ प्रा.लि का प्रबन्ध निर्देशक शिवहरि रिजाल लाई अर्थ र व्यापार अवार्ड, नेपाल विग माउण्टेन ट्राभल कम्पनी प्रा.लि.का  प्रबन्ध निर्देशक सुदर्शन नेपाल लाई अर्थ र व्यापार युवा उद्यमी अवार्ड र  अर्थ र व्यापार पत्रकारिता अवार्ड गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीलाई प्रदान गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।