logo

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा चैत ४ गते वार्षिक साधारण सभा आह्वान

    1023   पटक पढिएको

१२ फागुन /अर्थ र व्यापार - लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नका लागि साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत ४ गते बिहान ९ बजे राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा १६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कार्तिक १७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १२ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त लाभांश अनुमोदन गर्नेछ । 

त्यसअघि ३६ प्रतिशत बोनस प्रस्तावत गरेकोमा बीमा समितिबाट संसोधन गर्न निर्देशन भएअनुसार एलआईसीले परिमार्जन गरेर घटाएको थियो । गत साउन २४ गते सम्पन्न सञ्चालक समितिको ९४ औं बैठकले आर्थिक बर्ष २०७३र७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ । १२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी एक अर्ब ४९ करोड ४७ लाख नाघ्नेछ । यस्तै सभाले इन्स्योरेन्सको पूँजी वृद्धि सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदन गर्ने, र नियामक निकायबाट प्राप्त हुने निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका रहेका छन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ देखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार फागुन २० गते शिबरात्री परेकाले फागुन १९ गते आइतबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।