logo

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

    968   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार- सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा रहेका विभिन्न व्यक्तिहरुका लागि आइतबार २१ दिने सूचना सार्वजनिक गर्दै सुचनामा “सरकारको नाममा कायम गर्न नपर्ने कारण खुलाउन” भनिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा अहिलेका बहालवाला मन्त्री, पूर्वप्रधानमन्त्री, सर्वोच्चका न्यायाधीश, व्यवसायी, अख्तियारका पूर्व प्रमुख लगायत धेरै जना सरकारी कर्मचारी मुछिएका छन् । सुचनामा सरकारले विभिन्न ४९ जना संस्था तथा व्यक्तिको नामसहित तीन पुस्ते विवरण सार्वजनिक गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय,काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्षेत्र भित्र पर्ने जग्गा विभिन्न व्यक्ति तथा संस्थाको नाममा रहेको भन्दै सूचना सार्वजनिक गरेको छ । ती जग्गाहरु सरकारले आफ्नो नाममा कायम गर्न लागेको जानकारी दिइएको छ । यदि कसैलाई त्यो जग्गा सरकारको होइन आफ्नै हो भन्ने लाग्छ भने कार्यालयलाई २१ दिनभित्र सूचित गरिसक्नु पर्ने छ । नभए स्वतः जग्गा सरकारले आफ्नो नाममा पार्ने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।