logo

शुक्रबार ४ बजे अन्तराष्द्रिय विमानस्थल बन्द हुँदै

    3165   पटक पढिएको


८ असार / अर्थ र व्यापार - शुक्रबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ । दिउँसो ४ बजेर ३० मिनेटदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुने छ । विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुनेछ ।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को नियम अनुसार प्रत्येक दुइरदुई वर्षमा अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले गर्नुपर्ने ’फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएका कारण विमानस्थल बन्द गर्न लागिएको हो । यो एक्सरसाइजमा ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर विमानस्थल र वरपर भएका सम्पूर्ण अग्नी नियन्त्रक लगायतका सामाग्रीहरु त्यहाँ लगिन्छ ।

यदि विमानस्थलमा कुनै जहाजको दूर्घटना भइहाल्यो भने तत्काल कसरी उद्दार गर्न सकिन्छ र विमानस्थलको ’एक्सिडेन्ट रिड्युस’ गर्ने क्षमता कति छ भनेर जाँच गरिन्छ र यसलाई दूर्घटनापूर्व गरिने पूर्वतयारीका रुपमा समेत लिइन्छ । जसका लागि विमानस्थलले काठमाडौंमा ल्याण्ड हुने एयरबसको ए ३३० सिरिजको ठूलो जहाजको छनौट गरिसकेको छ ।

पूर्वतयारी अनुसार १८० जना यात्रु बोकेर काठमाडौं एयरपोर्टमा अवतरण हुन लागेको जहाज पेप्सीकोला क्षेत्रमा दूर्घटना हुन्छ र त्यसलाई निभाउनकालागि उपलब्ध हरेक प्रयास गरिन्छ । साथसाथै घाइते र मृत्यु भएका यात्रुलाई उद्दार गरिन्छ । विमानस्थलले यो पटक जहाज दूर्घटनाबाट घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुर्याइने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।