logo

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

    1634   पटक पढिएको


४ मंसिर/अर्थ र व्यापार– सरकारले ४ वटा प्रदेशमा १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको छ । 
मन्त्रिपरिषद्को कात्तिक २४ गतेको बैठकले प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशमा औद्योगिक निर्माणको घोषणा गरेको हो ।

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

प्रदेश नं १ का उदयपुरको रौतामाई गाउँपालिका वडा नं ५ को ६३ रोपनी र बेलका नगरपालिकाको ८ बिगाहामा औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो । तेह्रथुमको म्याङलुङ गाउँपालिका वडा नं १ र १० को ओख्रेटोलमा रहेको ६४ रोपनी जग्गालाई औद्योगिक ग्रामको रूपमा घोषणा गरिएको छ ।

यसैगरी, बागमती प्रदेशको नुवाकोटको विदुर नगरपालिका वडा नं १० को शुभघाट क्षेत्रको १८७ रोपनी सरकारी जग्गालाई पनि औद्योगिक ग्रामको रूपमा विकास गर्ने निर्णय गरेको छ ।

सरकारले सबैभन्दा धेरै औद्योगिक ग्राम गण्डकी प्रदेशमा बनाउने भएको छ । गण्डकी प्रदेशमा स्याङ्जा, तनहुँ, नवलपरासी (बर्दाघाट सुस्तापूर्व), मनाङ र पर्वतमा औद्योगिक ग्राम निर्माणको घोषणा गरेको छ । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नं ५ को ९३ रोपनी, तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ३ को ४७ रोपनी, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका वडा नं २ को १०० रोपनी जग्गालाई औद्योगिक ग्रामको रूपमा सरकारले घोषणा गरिसकेको छ ।

यस्तै, पर्वतको कुश्मा नगरपालिका वडा नं १ स्थित ३८४ रोपनी जग्गामा पनि औद्योगिक ग्राम स्थापना गरिने भएको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ को १०० रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम बनाउने घोषणा गरिएको छ । 

यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा दुईओटा औद्योगिक ग्राम घोषणा गरिएको छ । प्रदेशको भेरीगंगा नगरपालिका वडा नं ११ मा २० बिगाहा सरकारी जग्गा र सोही जिल्लाकै चौकुने गाउँपालिका वडा नं ५ मा करीब १० बिगाहा सामुदायिक वनको क्षेत्रमा औद्योगिक ग्राम बनाइने भएको छ । 

कर्णाली प्रदेशको जाजरकोटको शिवालय गाउँपालिका वडा नं ४ को २० बिगाहा सरकारी जग्गामा पनि औद्योगिक ग्राम बनाउने निर्णय गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक २५ गते नै सूचना जारी गर्दै औद्योगिक ग्राम स्थापनाका लागि पूर्वसम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको छ । 

चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा स्थानीय तहमा १३० ओेटा औद्योगिक ग्राम स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

यसअघि पनि सरकारले विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्रहरू घोषणा गरे पनि उल्लेख्य रूपमा कार्यान्वयनमा आउन भने सकेको छैन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।