logo

अमेरिकाबाट भारतले डेढ अर्ब डलरको कच्चा तेल खरिदका लागि सम्झौता

    780   पटक पढिएको

७ फागुन/ अर्थ र व्यापार - भारतको सबैभन्दा ठूलो तेल प्रशोधक कम्पनी इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले आगामी आर्थिक वर्षमा अमेरिकाबाट डेढ अर्ब डलरको ३० लाख टन कच्चा तेल खरिदका लागि सम्झौता गरेको छ । कम्पनीले सोमबार उक्त सम्झौता गरेको हो । सन् २०१७ बाट अमेरिकी कच्चा तेल आयात सुरु गरेसँगै यो पहिलोपटक कुनै भारतीय प्रशोधन कम्पनीले बार्षिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

कम्पनीले आफ्नो बयानमा भनेको छ, इन्डियन आयलले अमेरिकी ग्रेडको ३० लाख टन कच्च तेल आयातका लागि निर्धा्रित समयावधिलाई अन्तिम रुप दिएको छ । यो उसको कच्चा तेल आपूर्तिको स्रोतमा विविधता ल्याउने रणनीति अनुरुप रहेको छ । कम्पनीले सन् २०२० को मार्चसम्म प्रतिदिन ६० हजार ब्यारेल तेल आयातका लागि १ अर्ब ५० करोड डलरको सम्झौता गरेको हो ।

यो सम्झौताले आगामी दिनमा अमेरिका र भारतको व्यापार विस्तारका लागि पनि सहयोग पुग्ने उनको अपेक्षा छ । यसअघि भारतीय तेल प्रशोधकले अमेरिकी तेल खरीदका लागि कुनै सम्झौता गरेका थिएनन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।