logo

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

    1329   पटक पढिएको

१९ माघ / अर्थ र व्यापार- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रति सेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा रहेको छ । कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनीको बिमा कोषको आकार ५३.१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।