logo

पर्यटन व्यवसायि राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक

    4845   पटक पढिएको

२८ बैशाख / अर्थ र व्यापार संवाददाता- पर्यटन व्यवसायि राजन सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” विमोचन सम्पन्न भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तक शुक्रवार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विमोचन गरे ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटो लैजानु आवश्यक रहेको र त्यसको प्रमुख आधार पर्यटन रहेको वताए । थोरै लगानीमा धेरै लाभ लिन सक्ने क्षेत्र पर्यटन रहेको उनले वताए । “देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ डो¥याउन लेखक सिम्खडाले हिँडे पुगिन्छ पुस्तक मार्फत नयाँ आत्मविश्वाश र आशाको किरण देखाउनुभएको छ”–प्रचण्डले भने । देशभित्रका प्राकृतिक सौन्दर्यहरु प्रयोग गरेर सम्बृद्धितिर जानु सम्भव छ भन्ने सन्देश पुस्तकले दिएको उनले वताए । “सिम्खडाले लेखक,कलाकार र व्यवसायिको रुपमा पनि आँफुलाई नेपालको पर्यटन क्षेत्रको विकासमा नै आँफुलाई समर्पित गर्नुभएको छ”–प्रचण्डले भने ।

पुस्तक विमोचन समारोहमा समालोचकका रुपमा बोल्दै पूर्व अर्थमन्त्री तथा बरिष्ठ साहित्यकार शंकर प्रसाद कोईरालाले लेखकले रोचक शैलीमा हिँडे पुगिन्छ लेखेको वताए । पुस्तकमा नेपालको पर्यटन क्षेत्र,कलाकारिता र आर्थिक सम्बृद्धिको भिजन र मिसनमा प्रष्किपसन लेखले दिएको उनले वताए । प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले “हिँडे पुगिन्छ” निती निर्माता, व्यवसायमा प्रवेश गर्न चाहनेहरुका लागी निकै उपयोगि हुने वताए । लेखक सिम्खडाले आँफुले ईमान्दारीपूर्वक आफ्नो मातृभुमि,पेशा प्रति न्याय गरेर पुस्तक तयार गरेको वताए ।“हिँडे पुगिन्छ यो देश हाम्रै पालामा सम्बृद्ध देख्न चाहनेहरुको साझा कथा हो”–सिम्खडाले भने ।

कार्यक्रमा लेखक तथा बरिष्ठ पर्यटन व्यवसायि कर्ण शाक्य , वरिष्ठ कलाकार शैलेन्द्र सिम्खडा, कलाकार÷सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), वरिष्ठ पर्यटन व्यवसायि रामकाजि कोने लगायतले पुस्तकमाथि धारणा राखेका थिए । कार्यक्रममा लेखकले आफ्ना पिता स्वर्गिय नारायण प्रसाद सिम्खडा कृषि पुरस्कारको घोषणा गरेका थिए । ५० हजार रुपैयाँ राशीको यो पुरस्कार वार्षिक रुपमा प्रदान गरनेछ । कार्यक्रममा माननिय जगत सिम्खडा,विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु,वरिष्ठ व्यवसायिहरु,कलाकारहरु,लेखक÷साहित्यकारहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।